पत्रकार महासङ्घ काठमाडौँमा विवाद
काठमाडौँ, माघ ११ गते । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा नयाँ सदस्यता विवाद देखिएको छ ।
महासङ्घ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएकामा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि विवाद देखिएको हो । विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुनः अध्ययन थालेको छ ।
सोही विषयमा केही नयाँ आवेदकले आफ्नो सदस्यता किन सिफारिस भएन भन्दै सोमबार शाखाको भृकृटीमण्डपस्थित कार्यालयमा आक्रोश व्यक्त र भनाभन हुँदा पत्रकारिताका केही सङ्गठनले कार्यालय तोडफोडको प्रयास भएको जनाएका थिए । जिल्ला शाखाहरुको अधिवेशन घोषणा गरिसकेको महासङ्घ केन्द्रले यसै साता देशभरका शाखाका नयाँ सदस्यता र नवीकरणबारे टु¬ङ्गो लगाउँदैछ ।
शाखाका अध्यक्ष गोविन्द चौलागाईंले प्रक्रिया पु¥याउने नाममा गैरपत्रकार नपरून् र कार्यरत पत्रकार नछुटून् भन्ने ध्येयका साथ काम भइरहेकाले यसमा सबै पक्षबाट सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन सबैको भूमिका हुने बताउँदै सदस्यताको विवाद आपसमा बसेर समाधान गर्नेतर्फ आफूहरु लागिपरेको जानकारी दिनुभयो ।
यसैबीच प्रेस चौतारी नेपाल काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले प्रेस विज्ञप्ति जारी गरी कागजात पुगेका र योग्य पत्रकारलाई सदस्यता दिन ढिलाइ गर्न नहुने बताउँदै आफूहरुले कुनै तोडफोडको प्रयास नगरेको जिकिर गर्नुभएको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












