नाकाबन्दीको मुख्य योजनाकार एस जयशंकरको कार्यकाल एक वर्ष थप
काठमाडौं ११ माघ । भारत सरकराले विदेश मन्त्रालयका सचवि एस जयशंकरको कार्यकाल एक वर्षका लागि थप गरेको छ। नेपालका लागि राजदूत चयन सहितको निर्णय गर्नुपर्ने मिति नजिक आइरहेका बेला मोदीका विश्वासपात्र जयशंकरको पदावधि थप भएको हो।
नेपालमा संविधान सभाबाट संविधान जारी हुनै लाग्दा त्यसलाई रोक्न उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा काठमाडौं आएका थिए। ३ असोज २०७३ मा संविधान जारी हुनुभन्दा तीन दिन अगाडि नेपाल आएका उनले संविधान जारी नगर्न मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई दवाब दिएका थिए।
सो दवाबको बेवास्ता गर्दै संविधान जारी भएपछि आक्रोशित भारतले नेपालमाथि ६ महिना लामो कडा आर्थिक नाकाबन्दी गरेको थियो। सो नाकाबन्दीको मुख्य योजनाकारमध्ये जयशंकर पनि एक जना रहेको मानिन्छ।
आगामी महिना भारतीय विदेश मन्त्रालयले केही मुख्य नियुक्तिहरु गर्दैछ। नेपालका लागि भारतीय राजदूत रणजीत राय कार्यकाल पूरा गरी फर्किने समय भएकाले उनको ठाउँमा नयाँ राजदूतको चयन पनि छिटै हुनेछ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












