नयाँ प्रमूख आएपछि जिशिकाको समस्या समाधान
उदयपुर, माघ १२ गते । तीन महिनादेखि तनावग्रस्त बन्दै आएको जिल्ला शिक्षा कार्यालय उदयपुरले नयाँ निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी पाएपछि जिल्ला शिक्षा कार्यालय र जिल्लाका सम्पूर्ण शिक्षक सङ्घसङ्गठनको समस्या समाधान भएको छ ।
जिल्ला शिक्षा अधिकारी दिलीप ठाकुरले जिल्ला शिक्षा कार्यालयमा भ्रष्टाचार गरेको आरोपसहित तीन महिनादेखि जिल्लाका सम्पूर्ण शिक्षक सङ्घ तथा सङ्गठनले जिशिअ ठाकुरविरुद्ध ठाकुर हटाउ आन्दोलन गर्दै आएका थिए । तर हालै शिक्षा मन्त्रालयले ठाकुरलाई मन्त्रालयमा नै काजमा तानेर ठाकुरको स्थानमा निमित्त जिल्ला शिक्षा अधिकारी लेखनाथ लुइँटेललाई नियुक्ति गरेपछि अब जिल्ला शिक्षा कार्यालय र जिल्लाका शिक्षकको समस्या समाधान भएको जिल्लाका शिक्षक सङ्घ तथा सङ्गठनका पदाधिकारीले बताएका छन् ।
मन्त्रालयबाट पत्र प्राप्त गरेर निमित्त जिल्ला शिक्षा अधिकारी बनेका लेखनाथ लुइँटेलले भन्नुभयो, “आफूलाई मन्त्रालयबाट माघ ६ गते पत्र प्राप्त भएर निमित्त प्रमुख सञ्चालन गर्न निर्देशन भएअनुसार आफूले जिल्ला शिक्षा कार्यालयको प्रशासन सञ्चालन सुरु गरेको छु ।”
“चार महिनादेखि तलब नखाएका जिल्लाका सम्पूर्ण शिक्षकको तलबसमेत निकासा गरेर वितरण कार्य सुरु गरेको छु । जिल्लाका सबै शिक्षक सङ्घ तथा सङ्गठनले मलाई स्वागत गर्दै सहयोग गर्ने वचन दिएका कारण काम सुरु गरेको छु,” निमित्त प्रमुख लुइँटेलले बताउनुभयो ।
पूर्वजिशिअ ठाकुरले जिल्लामा धेरै भ्रष्टाचार गरेको र शिक्षक नियुक्ति सरुवा गर्दा घूस तथा कमिसन माग्ने गरेको आरोप लागेका कारण गतवर्ष नै ठाकुरलाई सरुवा गरिएको थियो । तर आफूनो सरुवाको अवधि नपुगेको भन्दै ठाकुर पाटन उच्च अदालतबाट अन्तरिम आदेस लिएर उदयपुर नै फर्केका कारण ठाकुरलाई आफूहरुले अस्वीकार गर्दै आएको शिक्षक सङ्घ उदयपुरका अध्यक्ष तिलकबहादुर कटुवालले बताउनुभयो ।
ठाकुर डेढ महिनाअघि पुनः जिशिका उदयपुर फर्केपछि उदयपुरका सम्पूर्ण शिक्षक सङ्घ तथा सङ्गठनले ठाकुरविरुद्ध आन्दोलन गर्दै आएका थिए भने जिल्ला शिक्षा कार्यालयसमेत बहिष्कार गर्दै आएको नेपाल शिक्षक महासङ्घ उदयपुरका अध्यक्ष अमेरन्द्र झाले बताउनुभयो ।
जिल्लामा व्यापक विवादित बनेर ठाकुर बहिष्कृत भएका कारण ठाकुरलाई मन्त्रालयले नै काजमा तानेर निमित्त प्रशासक लुइँटेललाई नियुक्ति गरेपछि बल्ल जिल्ला शिक्षा कार्यालय उदयपुरको समस्या समाधान भएको शिक्षक र शिक्षाका कर्मचारीसमेत बताउँछन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












