हाँस्य कलाकार शिवहरि पौडेलले यसरी सुनाए आफ्नो बाल्यकाल
काठमाडौं । जीवन सुखदुःखको मिश्रण हो भन्छन् । तर, मेरो जीवनमा दुःखको लामो शृंखला नै चल्यो । यो शृंखलाको पहिलो ‘इपिसोड’ म चार वर्षको हुँदा नै सुरु भयो । त्यतिवेला म घरमा बाख्राका पाठाहरूसँग खेल्थेँ । पिँढीमा डोकोभित्र म र बाख्राका पाठा बस्थ्यौँ । ती पाठासँग समय बितेको पत्तो नै हुँदैनथ्यो ।
मेरो घर अमलेखगन्जमा ‘हाइवे’छेउमै थियो । बुवाले ‘हाइवे’पारि एउटा छाप्रो बनाउनुभएको थियो । चर्को गर्मी हुँदा हामी त्यहाँ जान्थ्यौँ । एकदिन म बाख्राका पाठासँग खेल्दै थिएँ । बुवा घरबाट निस्किएर छाप्रोमा जानुभयो । एकछिन पछि म पनि डोकोबाट निस्किएर छाप्रोतिर गएँ ।
‘हाइवे’को बीचमा पुग्द-नपुग्दै मलाई एउटा ट्रकले ठक्कर दियो । म रोडमा पछारिएँ । मेरो टाउकोमा गम्भीर चोट लागेको रहेछ । टाउकोमा मात्रै आठवटा टाँका लगाउनुपर्यो । दाहिने हात भाँचियो । अहिले पनि सीधा हुँदैन । दुई महिना अस्पताल बसेपछि म घर फर्किएँ रे ! त्यो घटनामा मेरो आशै मारिएको थियो रे !
घरको आर्थिक अवस्था कमजोर भए पनि पढ्नुपर्छ भन्ने चेतना थियो । घरभन्दा तीन किलोमिटर पर एउटा स्कुल थियो । म त्यहीँ जान्थेँ । बिहान उठेपछि गाईगोरुलाई जंगलमा लैजानुपथ्र्यो । बस्तुलाई जंगलमा लगेर छाडेपछि घर आएर स्कुल जान्थेँ । स्कुलबाट फर्केपछि बिहान जंगलमा छाडिएका गाईगोरु लिन जानुपथ्र्यो ।
आमाले कहिलेकाहीँ चिउरा र चिनी मिसाएर खाजा बनाइदिनुहुन्थ्यो । हाफ पाइन्टको गोजीमा त्यो चिउरा राखेर खाँदै गाई लिन जान्थेँ । चिउरा सकिनेवेला गुलियो बढ्दै जान्थ्यो । त्यतिवेला लाग्थ्यो, सधैँ यस्तै मीठो खान पाए पो !
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












