प्रहरीद्वारा गायक प्रकाश ओझा पक्राउ, १० वर्ष कैदको फैसला
काठमाडौं । सर्वोच्च अदालतले सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ ।
सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ ।सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५र५ गरी १० वर्ष जेल सजाय सुनाएको हो । माघ पहिलो साता भएको यो फैसला सार्वजनिक भएको थिएन ।
फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लुकिछिपी गीतन संगित रेकर्डिङको काम गर्दै आएका थिए ।
ओझाले नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राखेका थिए । र, त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक समेत गरेका थिए । उनले ०५९ सालदेखि लगातार २ वर्षसम्म डरत्रास देखाएर तीन बालबालिकासँग अनैचिक सम्वन्ध राखेको र अश्लिल तस्वीर तथा भिडियो खिचेका थिए । त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ । यो घटनाकी पीडित जेसिका खड्काले झण्डै दुई वर्ष अघि आत्महत्या गरेकी थिइन ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












