चेल्सी, म्यानचेष्टर सिटी र आर्सनल एफए कप फुटबलको पाँचौं चरणमा
१६ माघ । चेल्सी, म्यानचेष्टर सिटी, आर्सनल र टोटनह्याम हट्सपर इङलिश एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन्। लिग लिडर चेल्सीले ब्रेन्टफोर्डमाथि ४–० को फराकिलो जित निकाल्यो। चेल्सीलाई जिताउन विलियन, पेड्रो रोड्रिग्वेज, ब्रानिस्लाभ इभानोभिच र मिचिले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदै पाँचौ चरणमा प्रवेश गर्यो। म्यानचेष्टर सिटीलाई जिताउन रहिम स्टर्लिङ, लेरोए सान र याया टुरेले एक एक गोल गरेका थिए। त्यसैगरी थिओ वाल्कोटले ह्याट्रिकको मद्दतले आर्सनल प्रिमियर क्लव साउथह्याम्पटनमाथि ५–० को शानदार जित गराउन सफल भयो। आर्सनलमाथि फराकिलो जित दिलाउने क्रममा थिओ वाल्कोटले ह्याट्रिक गरे भने डयानी वेल्बेकले दुई गोल थपे। टोटनह्यामले वाइकम्बे वान्डरर्सलाई ४–३ ले, बर्नलेले ब्रिस्टोल सिटीलाई २–० ले, ब्ल्याकबर्न रोभर्सले ब्ल्याकपुललाई २–० ले, मिडिल्सब्रोले एक्रिंगटनलाई १–० ले तथा अक्सफोर्डले न्यूकासललाई ३–० ले हरायो । यसैबीच वुल्भरह्याम्पन वान्डरर्सले लिभरपुललाई २–१ ले हराएपछि लिभरपुल भने चौथो चरणबाटै बाहिरिएको छ।
Comments
अरु समाचार
-
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा
काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको...
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...
-
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५...
-
केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय...
-
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई
काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीलाई हराउँदै चीन च्याम्पियन
काठमाण्डाै । मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा...
-
दशरथ रंगशालामा आज नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल
काठमाडौं – नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ। चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...