आठौं हिसान स्पोर्टस् मिट शुरु
विराटनगर, १६ माघ । उच्च माध्यामिक विद्यालयहरूको संगठन (हिसान) मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट शुरु भएको छ ।
शनिबार भएको उद्घाटन क्रिकेटको खेलमा अर्किड कलेजले मर्डन एरा कलेजलाई १ सय २१ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टु जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६५ रन योगफल तयार पारेको थियो । जस्मा मंयक साहले ३२ रन तथा आसुतोष साह र धिरज साहले १८–१८ रनको योगदान दिएका थिए । मर्डन एराका प्रविन मगरले ३ विकेट र प्रज्वल तिवारीले २ विेकेट लिएका थिए ।

जवाफमा १ सय ६६ रनको विजय लक्ष्य पछ्याएको मर्डन एराले १३ दशमलव १ बलमा सवै विकेट गुमाई ४४ रन बनायो । जस्मा प्रविन सरदारले नट आउट ११ रनको योगदान दिए । मर्डन एराका ७ ब्याटस्म्यानले खाता समेत खोल्न सकेनन् । अर्किडका म्यान अफ द म्याच बालकृष्ण यादबले ४ ओभर बलिङ गर्दै १२ रन दिएर ६ विकेट तथा सवल तिम्सीनाले २ विकेट लिएका थिए । २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिस र दौड गरी ५ वटा खेलमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने छन् । एक हप्तासम्म चल्ने मोफसलको सर्वाधिक ठूलो विद्यालयस्तरीय प्रतियोगितामा मोरङका २१ वटा उच्च माविका १२ सय खेलाडीको सहभागिता रहने छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












