आठौं हिसान स्पोर्टस् मिट शुरु
विराटनगर, १६ माघ । उच्च माध्यामिक विद्यालयहरूको संगठन (हिसान) मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट शुरु भएको छ ।
शनिबार भएको उद्घाटन क्रिकेटको खेलमा अर्किड कलेजले मर्डन एरा कलेजलाई १ सय २१ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टु जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६५ रन योगफल तयार पारेको थियो । जस्मा मंयक साहले ३२ रन तथा आसुतोष साह र धिरज साहले १८–१८ रनको योगदान दिएका थिए । मर्डन एराका प्रविन मगरले ३ विकेट र प्रज्वल तिवारीले २ विेकेट लिएका थिए ।

जवाफमा १ सय ६६ रनको विजय लक्ष्य पछ्याएको मर्डन एराले १३ दशमलव १ बलमा सवै विकेट गुमाई ४४ रन बनायो । जस्मा प्रविन सरदारले नट आउट ११ रनको योगदान दिए । मर्डन एराका ७ ब्याटस्म्यानले खाता समेत खोल्न सकेनन् । अर्किडका म्यान अफ द म्याच बालकृष्ण यादबले ४ ओभर बलिङ गर्दै १२ रन दिएर ६ विकेट तथा सवल तिम्सीनाले २ विकेट लिएका थिए । २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिस र दौड गरी ५ वटा खेलमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने छन् । एक हप्तासम्म चल्ने मोफसलको सर्वाधिक ठूलो विद्यालयस्तरीय प्रतियोगितामा मोरङका २१ वटा उच्च माविका १२ सय खेलाडीको सहभागिता रहने छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











