ताजा समाचार

माइतीघर मण्डलामा फहराइयो सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

 

काठमाडौं १६ माघ। माइतीघर मण्डलामा शहीद दिवसको अवसर पारेर नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।

नेपाली देशभक्त युवा समाजले निर्माण गरेको उक्त झण्डा राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका हुन् ।

१० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली राष्ट्रिय झण्डा रहेको छ । झण्डाको वजन करिव ८ किलो छ । रातो ८३ मिटर,निलो २६ मिटर, सेतो २३ मिटर कपडा  र  स्टिल पाइप २४ मिटर तीन इन्च रहेको समाजका अध्यक्ष नारायण ढुङ्गानाले जानकारी दिए ।

त्यस्तै समाज नेपालले विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तीहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुने हरुमा इन्दिरा रानामगर, निगम हुमाँगाई, मदनदास श्रेष्ठ, सिताराम कट्टेल ‘धुर्मुस’ , कुञ्जना घिमिरे ‘सुन्तली’, ऋषि धमला, नवल खड्का, मिरा राई, विमल घर्तीमगर, पुष्पा वस्नेत, देव नारायण यादव, सविता उप्रेती र अनुराधा कोइराला रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org