एप्पल वर्ल्ड मोबाइलको ‘एक्सचेन्ज धमाका रिर्टन्स’ अफर
काठमाडौं। लेटेस्ट एण्ड ब्राण्डेड मोबाइलको कारोबारमा ख्याति कमाएको एप्पल वल्र्ड मोबाइल प्रालिले ग्राहकको अनुरोधमा पुनः एकपटक एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ । यही माघ १८ गतेबाट आगामी फागुन १० गते सम्मका लागि ल्याइएको एक्सचेन्ज अफरको अवधीमा १ हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान गरिएको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले अन्य बजारको भन्दा सस्तो मुल्यमा मोबाइलको कारोबार गरिरहेको छ ।
६० मिनेटमै मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने मौका प्रदान गरेको छ । यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ । त्यस्तै युएमआई ४ जिबी ¥याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ । भ्यालेनटाइन डे नजिकिदै गर्दा आफ्ना प्रेमीप्रेमिकालाई उपहारस्वरुप प्रदान गर्न युएमआइ मोबाइल खरिद गर्न पनि एप्पल वल्र्डले आग्रह गरेको छ । जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जना बम्पर प्राइज बिजेता जनक ढकाल ले पाएका छन् भने उनलाई सोमबार नै फसिनो स्कुटर प्रदान गरिएको छ । यसैगरी सामसुङको ४६ इन्च टिभी बेनु प्रसाइले पाइन भने हुवावेको पि ९ मोबाइल कुमार चन्दले पाए ।
यसैगरी विभिन्न कम्पनीका मोबाइल तथा अन्य पुरस्कार पाउन सफल हुनेहरुमा खगनाथ नेपाल, प्रमोद न्यौपाने, गंगा कार्की, जनार्दन गौतम, विद्या लामा, पुष्पराज भट्ट, सुन्दर मल्ल, विवेक राई, मदन गिरी, देवेन्द्र डंगोल, विपिन कँडेल, सुजाता संयुक्ता रहेका छन् । बिजेताहरुलाई मिस नेपाल अस्मी श्रेष्ठ, नेपाली सिने क्षेत्रका कलाकार निरजन थापा, दिपक घिमिरे, फूटबलर अन्जन केसी लगायतले गरेका थिए ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












