आर्थिक पूर्वाधार समितिद्वारा संघीयतामा तीन तहको अधिकार सूची स्वीकृत
काठमाडौं १८ माघ । संविधान जारी भएको करिब साढे एक बर्षपछि संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तह बीचको अधिकार बाँडफाँडको कार्यसूची पारित भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको आर्थिक पूर्वाधार समितिले हिजो कार्यसूचीलाई स्वीकृत गरेको हो ।
मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा गठन भएको निर्देशक समन्वयन समितिले तीन तहको कार्यसूची बनाएर मन्त्रिपरिषदमा पेश गरेको थियो । मन्त्रिपरिषदले त्यसलाई थप अध्ययन गरेर स्वीकृत गर्न आर्थिक पूर्वाधार समितिलाई जिम्मा दिएको थियो ।
सोमबार स्वीकृत प्रतिवेदनले स्थानीय तह, प्रदेश र संघको एकल र संयुक्त अधिकारका कार्यसूचीहरु छुट्याएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै मुख्य सचिव सोमलाल सुवेदीले भने, ‘अब संविधान कार्यान्वयनका लागि पहिलो आधार बनेको छ । मुख्य सचिवको बिशेष सक्रियतामा अधिकारको कार्यसूचीले अन्तिम रुप लिएको हो ।’
सूचीमा राज्यका तीन तहले गर्नुपर्ने काम र अधिकारको व्याख्या तथा विश्लेषण भएको छ । जस्तै नयाँ संविधान बमोजिम स्थानीय तहले दिने सेवाहरुको ब्याख्या गरिएको छ भने एउटै विषयमा स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीचको अधिकार सीमा तोकिएको छ ।
विकास आयोजना सञ्चालन र छनौट गर्दा कुन तहले कुन स्तरको अधिकार र सीमाभित्र रहने जस्ता विषय समेटेर संविधानले दिएको अधिकारलाई थप प्रष्ट्याउने काम गरेको हो ।
मुख्यसचिवले सुवेदीले यो कामसँगै संघीयता कार्यान्वयनको आधार निर्माण भएको बताएका छन् ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












