अझै पनि दुई घन्टा पैदल हिँडेर विद्यालय
काभ्रे, १८ माघ । बालुवापाटी गाविस–९ की १४ वर्षीया सिर्जना ढकाल दिनहुँ दुई घन्टा पैदल हिँडेर नगरकोटमा रहेको महाकाली माविमा पढ्न जान्छिन् । दिनहुँ दुई घन्टा हिँडेर विद्यालय जान निकै कठिन भएको उनले बताइन् ।
“विद्यालय हिँडेर जाँदा कहिलेकाहीँ ढिलो पुगिन्छ अनि पढाइ छुट्छ” – उनले भनिन् , “बिरामी परेको बेलामा कहिलेकाहीँ परीक्षासमेत छुटेको छ, पढाइमा निकै लगाव भएकाले जस्तोसुकै चुनौतिको सामना गरेरपनि त्यहाँसम्म जानुपर्ने बाध्यता छ ।”
बालुवापाटी गाविसका २, ७, ९ वडाका विद्यार्थी आर्थिक अबस्थाका कारण सहरसम्म गएर पढ्ने अवस्था नभएकाले टाढा भएपनि नगरकोटसम्म गएर पढ्न बाध्य भएका हुन् ।
बालुवापाटी–२ स्थित श्री सेतीदेवी प्रावि करिब आठ वर्षदेखि बन्द भएकाले त्यहाँका साना बालबालिकासमेत नगरकोटसम्म पढ्न जान बाध्य भएका हुन् ।
गाउँमा विद्यालय नहुँदा आठ वर्षीय बालुवापाटी–९ की आयुशा ढकाल नगरकोटमा रहेको सनराइज बोर्डिङ स्कुलमा पढ्न जान्छिन् । कक्षा ३ मा अध्ययनरत उनले स्कुलमा पुग्न ढिला भए स्कुलको ढोका नै बन्द हुने भएकाले घर फर्कनुपर्दा समय त्यसै खेर जाने बताइन् ।
हाल सो क्षेत्रमा विदेशीको सहयोगमा सञ्चालित सामुदायिक शिक्षा नामक विद्यालयमा एलकेजीसम्म पढाइ हुँदै आएको र अर्काे वर्षदेखि कक्षा एकसम्म पढाइ हुने भएको छ । सो विद्यालयलाई सरकारी विद्यालयको रुपमा परिणत गर्ने पहल भइरहेको नगरहोम नेपाल नामक संस्थाका सदस्य उद्धव ढकाल बताउनुहुन्छ ।
गाउँमा विद्यालय नहुँदा अभिभावकसमेत चिन्तित छन् । हुनेखाने परिवारले छोराछोरीलाई सहरमा पढ्न पठाउने गर्छन् भने नहुनेले टाढाभएपनि पढ्न पठाउन बाध्य छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले छोराछोरीलाई गाउँकै विद्यालयमा पढाउन बाध्य भएको बालुवापाटी–२ की भागिरथी घोरसाइनको भनाई छ ।
गाविसको तथ्याङ्कअनुसार उक्त गाविसमा जम्मा ८७ प्रतिशत जनजातिको बसोबास छ भने अन्य ब्राह्मण क्षेत्री १३ प्रतिशतमात्र छन् ।
त्यस्तै उक्त जातिहरुको शिक्षामा पहुँच जनजातिको जम्मा प्रतिशतमध्ये १३ प्रतिशत मात्र छ भने ब्राह्मण क्षेत्रीको जम्मा प्रतिशतमध्ये सात प्रतिशतको मात्र शिक्षामा पहुँच रहेको छ । गाउँमै विद्यालयको अभावका कारण त्यस्तो अवस्था भएको गाविसका गाविस सचिव मकुन्द गजुरेल बताउनुहुन्छ । साथै गाउँमै भएको सेतीदेवी प्रावि विगत लामो समयदेखि बन्द रहेको र उक्त विद्यालयमा कार्यरत दुई शिक्षकको दरबन्दी अझै खारेज भइनसकेकाले उक्त विद्यालयलाई पुनःसञ्चालन गरेर शिक्षकलाई त्यही काम गराउने वातावरण तयार गर्न पहल भइरहेको उहाँ बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












