काभ्रेमा चारहजारभन्दा बढी मतदाता थपिए
बनेपा, २० माघ । जिल्ला निर्वाचन कार्यलय, काभ्रेपलाञ्चोकले डेढ महिनाको अवधिमा थप कुल चारहजार एकसय १८ जनाको फोटो सहितको मतदाता नामावली सङ्कलन गरेको छ । तीमध्ये महिला दुई हजार ९९ र पुरुष दुई हजार १९ रहेका छन् ।
“मतदाताको मताधिकार सुरक्षित गर्न फोटो सहितको मतदाता नामावली सङ्कलन गरेका हौँ”, जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका प्रमुख मधुकरप्रसाद पोखरेलले भन्नुभयो । उहाँले गत पुस ११ गतदेखि जिल्लाको प्रत्येक गाविस र नगरपालिकामा फोटो सहितको मतदाता नामावली सङ्कलनका लागि घुम्ती शिविर नै सञ्चालन भएको उल्लेख गर्दै यही माघ २७ गतेसम्म घुम्ती शिविर जारी रहने बताउनुभयो । जिल्लामा ७५ गाविस र पाँच नगरपालिका छन् ।
विसं २०७० सालको मतदाता सङ्कलनबाट जिल्लामा कुल दुईलाख आठहजार सातसय २६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । शिविरपछि पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली सङ्कलन कार्य जारी रहनेछ ।
पोखरेलले बसाइँसराइ, मृत्यु लगायतले देखिएको समस्या हटाउने वा थप्ने विषयमा पनि दाबी तथा विरोधका लागि अभियान सञ्चालन भएको बताउनुभयो ।
यसैबीच, निर्वाचनमा सहभागी हुन काभ्रेपलाञ्चोकमा २५ राजनीतिक दलले आफ्नो विवरण पेस गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले यही १७ गतेसम्मका लागि समयसीमा निर्धारण गरेको थियो । विवरण पेस गर्ने नयाँ दलमा गान्धीवादी पार्टी नेपाल र युनाइटेड ग्रिन अर्गनाइजेसनसमेत रहेका छन् ।
त्यसबाहेक नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेपाल मजदुर किसान पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायत छन् । “दल दर्ता नभए दलहरुले निर्वाचनमा भाग लिन पाउँदैनन्”, जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका नायब सुब्बा नारायणबहादुर खड्काले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












