हिन्दूकुश हिमालय क्षेत्रमा साझा अनुकूलन नीति तयार गरिने
ललितपुर, २१ माघ । हिन्दूकुश हिमालय क्षेत्रका राष्ट्रहरुबीच जलवायु परिवर्तन अनुकूलनसम्बन्धी साझा नीति तर्जुमा गर्नुपर्नेमा ती देशका वातावरणविज्ञहरुले जोड दिएका छन् ।
सन् २०१७ मईमा जर्मनीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन ९कोप २३० मा प्रस्तुत गर्ने गरी तर्जुमा हुने साझा नीतिमा विभिन्न क्षेत्रका लागि अनुकूलन नीति, नीतिगत अन्तर र अवसरहरुका बारेमा छलफल गर्न यहाँ आयोजित क्षेत्रीय कार्यशालामा सहभागीहरुले सो धारणामा जोड दिएका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम ‘युएनइपी’ र ग्रिड–यारेन्डलको सहकार्यमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ‘इसिमोड’ को आयोजनामा भएको दुईदिने कार्यशालामा नेपालसहित अस्ट्रिया, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार, नर्वे, पाकिस्तान र र थाइल्यान्डका ३२ जनाको सहभागिता रहेको छ ।
प्रस्तावित अनुकूलन नीतिको आउटलुकमा जल, खाद्यस्रोत, जङ्गल तथा जैविक विविधता र ऊर्जाको सहन उपलब्धता, विकासको स्थिति र समस्याको समाधानका लागि सम्भावित योगदानका बारेमा छलफल भएको छ ।
पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिसीले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रममार्फत अनुकूलनमा जोड दिएको उल्लेख गर्दै राष्ट्रिय अनुकूलन योजनामा कृषि तथा पशुपालनमा प्राथमिकता दिइनेछ भन्नुभयो ।
कार्यशालामा इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले पर्वतीय क्षेत्रमा रहेको ज्ञान र अनुभवको आदानप्रदानबाट दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।
युएनइपीका क्षेत्रीय जलवायु परिवर्तन संयोजक मोजाहरुल अलामले जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण तथा दिगो विकास लक्ष्यहरु हासिल गर्न यस क्षेत्रका राष्ट्रहरुको साझा नीति बन्नु आवश्यक रहेको बताउनुभयो ।
इसिमोडका निर्देशक डा एकलव्य शर्माले हिन्दूकुश हिमालय क्षेत्रका लागि तयार गरिने अनुकूलन आउटलुकले इसिमोडको भावी योजना तर्जुमा गर्न सहयोग पुग्ने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












