सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि हुँदै

पोखरा, २१ माघ । सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि पोखरा रङ्गशालामा हुने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सिर्जना विकास केन्द्रको प्रायोजन तथा नेपाल भलिबल सङ्घ कास्कीको तत्वावधानमा हुन गइरहेको सो प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, न्यु डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस क्लब र भारतको उत्तर प्रदेश भलिबल सङ्घको सहभागिता रहनेछ ।
न्यू डायमन्ड एकेडेमीको महिला र हेल्प नेपाल स्पोर्टस् क्लबको पुरुष मात्र टिम रहने छ, भने अरु सबैको पुरुष तथा महिला दुबै टिम रहने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने पुरुष तथा महिला दुबै टिमले क्रमशः रु एक लाख ५५ हजार ५५५, रु .७७ हजार ७७७, ३३ हजार ३३३, मेडल, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कारको लागि रु १० हजार, वेष्ट स्पिकर, ब्लोकर, सेटर, डिफेन्स र सर्भरलाई पनि पाँच÷ पाँच हजार नगद पुरस्कार दिइनेछ ।
प्रतियोगिता सञ्चालन गर्दा रु ३५ लाख आम्दानी र २८ लाख खर्च हुने र बचत भएको रकम पोखरा रङ्गशालाको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ । प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ । रासस
Comments
अरु समाचार
-
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा
काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको...
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...
-
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५...
-
केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय...
-
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई
काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीलाई हराउँदै चीन च्याम्पियन
काठमाण्डाै । मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा...
-
दशरथ रंगशालामा आज नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल
काठमाडौं – नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ। चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...