सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि हुँदै
पोखरा, २१ माघ । सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि पोखरा रङ्गशालामा हुने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सिर्जना विकास केन्द्रको प्रायोजन तथा नेपाल भलिबल सङ्घ कास्कीको तत्वावधानमा हुन गइरहेको सो प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, न्यु डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस क्लब र भारतको उत्तर प्रदेश भलिबल सङ्घको सहभागिता रहनेछ ।
न्यू डायमन्ड एकेडेमीको महिला र हेल्प नेपाल स्पोर्टस् क्लबको पुरुष मात्र टिम रहने छ, भने अरु सबैको पुरुष तथा महिला दुबै टिम रहने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने पुरुष तथा महिला दुबै टिमले क्रमशः रु एक लाख ५५ हजार ५५५, रु .७७ हजार ७७७, ३३ हजार ३३३, मेडल, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कारको लागि रु १० हजार, वेष्ट स्पिकर, ब्लोकर, सेटर, डिफेन्स र सर्भरलाई पनि पाँच÷ पाँच हजार नगद पुरस्कार दिइनेछ ।
प्रतियोगिता सञ्चालन गर्दा रु ३५ लाख आम्दानी र २८ लाख खर्च हुने र बचत भएको रकम पोखरा रङ्गशालाको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ । प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ । रासस
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












