दक्षिण कोरियामा प्रवासी मजदुरको अवस्था दयनिय
दक्षिण कोरिया/दक्षिण कोरियाको ख्यांग्नाम मिरयांग क्षेत्रको सिलामको खेतीमा ‘सिलामको पात टिप्ने’ काम गर्ने प्रवासी मजदुरको अवास्थ दयनिय बन्दै गएको छ । मिर्मिरेमै काममा जाने र घाम अस्ताएपछि काम सकिने, १२ घण्टा भन्दा बढी काम गरे बापतको तलब १० लाख वोनदेखि १३ लाखसम्म मात्र दिने (लगभग ९ सय देखि १२ सय डलरसम्म ) दिने गरेका छन् । यो तलब पनि समयमा नदिने २ महिनामा काटेपछि दिने ,काम गरेको उचित ज्याला पाउनेको लागि खेति मालिकलाई माग गरेमा दिनमा ३ घण्टा आराम गर्ने समय दिएको छु भनि झुट बोल्ने अनि नदिने खेति गर्ने मालीकले भनेको विश्राम समय ३ घण्टा यस्तो छ पानी खाएको , शौचालय गएको , केश मिलाएको महिला मजदुर काम गर्दा बाधेकोको कपाल खुस्कन सक्छ । मिलाउदा लाग्ने समय ,फोन गरेको खास उनीहरुले दिनमा आराम गर्ने समय दिनमा खान खाने समय १ घण्टा मात्र हो ।
दिनको दिन खेतीवाला मालिक परिवर्तन हुने आज किम साजांग ,भोलि फाक साजाग यसरि अरुको खेतबारीमा काम गर्नु गैरकानुनी हो। बस्ने कोठा प्लास्टिकको घर , बर्षाद् हुँदा पानी चुहुने ,ढोका गतिलो नभएकोले जोसुकै पस्न सक्ने ,शौचालय बाहिर प्रवासी मजदुरको कन्तविजोग (तल हेर्नुहोला काम गर्ने र बस्ने ठाउँको अवस्था) छ । तर, तिर्नु पर्ने कोठाको पैसा सहरको कोटाको बराबर छ । १ जनाले तिर्नु पर्ने भाडा ३ लाख वोन (२ सय ५० डलर लगभग यही कमायो यहि बुझायो) यस्तो समस्या समाधानको लागि रोजगर केन्द्र र तलब पाउन श्रम विभागमा उजुर गर्दा साहु कै पक्षमात्र लिने कर्मचारीहरु थोरै तलबमा धेरै काम गरिदिए फाइदा आफ्नै देशलाई छ किन बोल्थ्यो मजदुरको पक्षमा कर्मचारी ।
२०१६ सेप्टेम्बर महिनामा गरेको उजुरि हालसम्म ५ पटक तारिकमा बोलाए पनि यांग्सान श्रम बिभाग चुपचाप छ पिडित प्रवासी मजदुरको बयान मिलेन साहुको कुरा सग मेल खाएन भन्छ । पानी खादा लागेको समय ,कपाल मुलाउदा लागेको समय पनि आराम गरेको समय भन्ने साहुसग कुरा मिल्ने कुरै भएन । तर, पनि झुट बोल्ने साहुकै पछी लाग्छ कर्मचरी पनि समस्या समाधानको लागि बाहिरबाट मजदुर संगठनले फोन गर्यो भने यिनीहरुलाई किन कानुनको बारेमा जानकारी गराउनु प¥यो ।
हामीले परिवारको सदस्य जस्तै व्यवहार गरेकोछ भनेर झर्कंछ्न प्रवासी मजदुरले त हामीलाई परिवार जस्तो होइन मजदुर जस्तो व्यवहार गर भनेको हो समस्या समाधानमा साहु र श्रम विभाग गम्भीर नभएकोले शिघ्र र निस्पक्ष तरिकाले यो समस्या समाधन गर्न दवाव दिन,कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेजी गर्न माग गर्दै आज यांग्सान श्रम बिभाग अगाडी मजदुर संगठन लगाएत अन्य मानव अधिकारवादी संस्थाले पत्रकार सम्मेलन गरेको थियो । आफूलाई धनि देश र मानव अधिकारको कदर गर्ने देश भन्ने कोरियन सरकार र जनताले एकपटक प्रवासी मजदुरको यो अवस्थाको बारेमा सोच्ने की ? अनि यस्तो घटनाहरु हेरेर हामी प्रवासी मजदुर मेरो त केहि समस्या छैन ठिक छ । गालीखाँदै भए पनि अलिअलि कमार्इ भएको छ २÷४ वर्ष र्ष सहेर काम गरे समस्या स्वाहा अरुको जेसुकै होस भन्ने कि एकजुट भएर यस्तो अवस्थामा पु¥ साहु ,कर्मचारी र नीति नियमको विरोध गर्ने ?
लेखक प्रवासी मजदुर संगठन अध्यक्ष हुन्
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












