भलिबल र बास्केटबल मैदान निर्माण
पोखरा । कास्की जिल्लाको उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ ।
प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा निर्मित सुविधासम्पन्न सो खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन लाख ५० हजार र स्थानीयवासीबाट रु २१ लाख ५० हजार प्राप्त भएको थियो ।
खेल मैदानसहित आवश्यक भौतिक संरचना निर्माणका लागि मौजामा जन्म भई हाल रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहनुभएका व्यक्ति एवम् पोखरा र काठमाडौँका बासिन्दाबाट आर्थिक सहयोग जुटाइएको निर्माण समितिका सदस्य सीम गुरुङले जानकारी दिनुभयो ।
क्लबको आयोजनामा वसन्त पञ्चमी मेलाका अवसरमा आयोजित अन्तरक्लब भलिबल तथा छेलो प्रतियोगिता पहिलो पटक आफ्नै सुविधासम्पन्न खेलमैदानमा सम्पन्न गर्न पाएकामा हर्षित हुँदै उहाँले भन्नुभयो “ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गाउँ मौजामा कृषि र पर्यटन प्रवद्र्धनमा पनि हामी जोड दिन्छौँ ।”
समुद्री सतहबाट करिब एक हजार ४०० मिको उचाइमा अवस्थित तथा पोखराबाट लगभग १५ किमीको दूरीमा रहेको सो गाउँ प्रचुर पर्यटकीय सम्भावना भएर पनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












