भलिबल र बास्केटबल मैदान निर्माण
पोखरा । कास्की जिल्लाको उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ ।
प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा निर्मित सुविधासम्पन्न सो खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन लाख ५० हजार र स्थानीयवासीबाट रु २१ लाख ५० हजार प्राप्त भएको थियो ।
खेल मैदानसहित आवश्यक भौतिक संरचना निर्माणका लागि मौजामा जन्म भई हाल रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहनुभएका व्यक्ति एवम् पोखरा र काठमाडौँका बासिन्दाबाट आर्थिक सहयोग जुटाइएको निर्माण समितिका सदस्य सीम गुरुङले जानकारी दिनुभयो ।
क्लबको आयोजनामा वसन्त पञ्चमी मेलाका अवसरमा आयोजित अन्तरक्लब भलिबल तथा छेलो प्रतियोगिता पहिलो पटक आफ्नै सुविधासम्पन्न खेलमैदानमा सम्पन्न गर्न पाएकामा हर्षित हुँदै उहाँले भन्नुभयो “ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गाउँ मौजामा कृषि र पर्यटन प्रवद्र्धनमा पनि हामी जोड दिन्छौँ ।”
समुद्री सतहबाट करिब एक हजार ४०० मिको उचाइमा अवस्थित तथा पोखराबाट लगभग १५ किमीको दूरीमा रहेको सो गाउँ प्रचुर पर्यटकीय सम्भावना भएर पनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











