बार्सिलोनाल ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा उक्लियो

एजेन्सी । एथ्लेटिको बिल्बाओलाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। योसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा छोट्याएको छ। लिग अन्तर्गत गए राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई ३–० ले हराउँदै दोस्रो स्थानको बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी कम गरेको हो। बार्सिलोनाको जितमा पाको अलकासेर, लियोनल मेस्सी र एलेक्स विडालले गोल गरे। गएरातिको ३ गोलसँगै बार्सिलोनाले यो सिजनमा सबै प्रतियोगितामा गरेर एक सय गोल गरेको छ। योसँगै सबै प्रतियोगितामा गरेर यो सिजन एक सय गोल गर्ने पहिलो टिम बनेको छ। जितपछि बार्सिलोनाको २१ खेलबाट ४५ अंक भएको छ। यस्तै दुई खेल कम खेलेको रियल मड्रिडको ४६ अंकसहित शीर्ष स्थानमा छ।एक खेल कम खेलेको सेभिल्ला ४२ अंकसहित तेस्रो तथा ३९ अंकसहित एथ्लिटिको मड्रिड चौथो स्थानमा छ।
Comments
अरु समाचार
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...
-
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५...
-
केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय...
-
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई
काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीलाई हराउँदै चीन च्याम्पियन
काठमाण्डाै । मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा...
-
दशरथ रंगशालामा आज नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल
काठमाडौं – नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ। चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश
कास्की । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...