१ अर्बको आवास गृह अमेरिकास्थित नेपाली दूतावासले किन्दै
वासिंटनडीसी । अमेरिकास्थित नेपाली दूतावासले आवासका लागि वासिंटनडीसीस्थित दूतावासको २० मिनेटको दुरी भित्र १ अर्व रूपैयाको आवास किन्ने प्रकृया अगाडि बढाएको छ। नेपाल सरकारसँग वासिंटनडिसीमा हाल एक दूतावासको कार्यालय र एक आवास भवन छन्। अर्को सुविधा सम्पन्न आवासका लागि दूतावासले खरिद प्रकृया अगाडि बढाएको हो।
दूतावासले १० हजार वर्गफिट भित्र बनेको ६ वटा बेड रूम, २ सय जनाका अट्ने रिसेप्सन हलसहितको अत्याधुनिक भवन खरिदका लागि बोलपत्र आवह्रान गरेको छ। नयाँ भवनमा मिडिया रूमसमेत हुनुपर्ने जनाइएको छ।
यसअघि तत्कालिन अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माको पालामा पनि आवास किन्ने प्रकृया अगाडि बढाइएको थियो। क्यानडा, अमेरिका र युएनको दूतावास खरिदका लागि कमिटी समेत बनाइएको थियो। तर, खरिद प्रकृया अगाडि बढेको थिएन। ‘झन्झटिलो प्रकृया थियो। पैसा निकास गर्न पनि अफ्ट्यारो भएका कारण किन्ने प्रकृयासम्म पुगेकै थिएनौ,’ डा. शंकर शर्माले बताए।
दूतावासको कार्यालय रहेको भवन पुरानो र बिशिष्ट ब्यक्तिहरूलाई आमन्त्रण गर्न समेत लाजमर्दा भएको भन्दै तत्कालिन अमेरिकाका लागि नेपाली राजदूत शुरेस चालिसेले कार्यालय भवन किन्नुपर्ने प्रस्ताव नेपाल सरकारलाई गरेका थिए।
‘यो भन्दा पहिले बरू कार्यालय नै किनौ भन्ने प्रस्ताव आएको थियो। यसपाली आवास किन्ने भनेर प्रस्ताव आयो। ८ मिलियन देखि १० मिलियन डलर लाग्ने प्रस्ताव आए लगत्तै अर्थले बजेट निकास गरेको थियो। परराष्ट्रले दूतावासलाई प्रकृया अगाडि बढाउन निर्देशन दिएको हो,’ नेपालस्थित परराष्ट्र मन्त्रालयका एक अधिकारीले खरिद प्रकृया अगाडि बढेको पृष्टि गर्दै भनेका छन्।
यसबारे अमेरिकास्थित दूतावाससँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेको छैन। अहिले दूतावासमा ७ जना डिप्लोम्याट तहका कर्मचारी, तीन जना चालक र तीन जना सहायक कर्मचारी गरी जम्मा १३ जना कर्मचारी कार्यरत छन्।
‘अमेरिकामा आवास किन्ने योजना सुरू गरेको एक दशक बिते पनि कसैले आँट गर्न सकेको थिएन,’ स्रोतले भन्यो, ‘कमिसनका कुरा मुछिएपछि अहिलेसम्म आवास किन्ने कुरा अगाडीl बढेको थिएन।’
तत्कालिन राजदूत शंकर शर्माले पनि प्रकृया अगाडीl बढाउन खोजे पनि क्यानाडाका तत्कालिन राजदूत भोजराज घिमिरेले ‘अखित्यारको लफडा आइपर्छ नगरौँ’, भन्ने सल्ला लगत्तै प्रकृया अगाडी बढेको थिएन।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामा हाल बस्ने गरेको घरको मुल्य ७० लाख डलर को हो। नेपाली दूतावासले किन्ने भनिएको आवासको मुल्य १ करोड डलर हो।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












