पत्रकारिता क्षेत्रः गुणस्तरभन्दा सङ्ख्या वृद्धि
काठमाडौँ, २५ माघ । पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३/०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन् । आव २०७२/०७३ सम्म सात सय दुईले मात्र अनुमति लिएका थिए । सात सय ३१ मध्ये पाँच सय ८० नियमित सञ्चालनमा छन् । आव २०७२/०७३ सम्म पाँच सय ६५ मात्रै नियमित सञ्चालनमा थिए ।
विसं २०६३ साउनसम्ममा ५० वटा एफएम रेडियोले मात्र इजाजत लिएको देखिन्छ । यो तथ्यलाई हेर्ने हो भने २०६२/०६३ पछि दश वर्षका अवधिमा नेपालमा रेडियोको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ ।
इजाजत लिएकामध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका लागि मात्र करिब ३६ रेडियोले इजाजत लिएका छन् । कास्कीमा ३० रेडियो सञ्चालनको इजाजत लिइएकामा अधिकांश सञ्चालनमा छन् ।
नेपालको प्रसारण इतिहासमै २००७ सालमा ‘रेडियो नेपाल’ स्थापनापछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा ‘रेडियो सगरमाथा’ ले २०५४ सालमा सञ्चालनको अनुमति पाएको थियो ।
एउटा पनि रेडियो सञ्चालन नभएको हिमालपारिको जिल्ला मनाङमा रेडियो सञ्चालनका निम्ति अनुमति भने लिइएको छ । नेपालमा रेडियो प्रसारणको करिब ६५ वर्षको इतिहासमा रेडियो सञ्चालन मात्रै गर्नेभन्दा पनि ती रेडियोले दिने सन्देश कति महत्वपूर्ण छ भन्ने हो ।
मन्त्रालयका उपसचिव तथा नीति, योजना, अनुगमन तथा मूल्ङ्याङक शाखा प्रमुख रुद्रादेवी शर्माले चालु आवको प्रथम चौमासिकसम्म ९८ टेलिभिजनले अनुमति लिएको र २६ नियमित प्रसारणमा रहेको जानकारी दिनुभयो ।
आव २०७२÷२०७३ सम्ममा ९३ ले मात्र अनुमति लिएका थिए भने २५ नियमित सञ्चालनमा थिए । सूचना विभागका अनुसार दैनिक, साप्ताहिक र वार्षिकलगायत सबै गरी २०७२ चैत मसान्तसम्म सात हजार एक सय ९७ पत्रपत्रिका दर्ता भएका छन् । विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलना वृद्धि हुँदै गएको छ ।
प्रेस काउन्सिल नेपालका अनुसार हालसम्म पाँच सय ४८ अनलाइन काउन्सिलमा सूचीकरण भएका छन् । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले हरेक हिसाबले नेपालमा यति धेरै मिडियाको आवश्यकता नभएको हुँदा ती मिडियाबीच एकीकरण गर्नेबारे काउन्सिलले छलफल अगाडि बढाएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि भएअनुसार गुणस्तरमा वृद्धि नभएको पक्कै हो, तर पहिलाको तुलनामा पत्रकारिताको गुणस्तर खस्कियो भन्ने चाहिँ होइन भन्नुभयो । डा विष्टले भन्नुभयो– “समग्रमा पत्रकारिता क्षेत्रको गुणस्तर कमजोरभन्दा पनि विषयवस्तु र प्रविधिअनुसार गुणस्तरीय हुन नसकेको हो ।”
काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की मिडियाको सङ्ख्यामा भने तीव्र रूपमा वृद्धि भएको छ, तर गुणस्तर घट्दै गएको बताउनुहुन्छ । “मिडिया सञ्चालन गर्ने पूर्वाधार र आवश्यकताबिना नै सम्बन्धित निकायले अनुमति दिएका कारण पनि सङ्ख्यामा अस्वाभाविक वृद्धि भएको छ, अब यसलाई व्यवस्थापन गर्न एकापसमा एकीकरण गर्नु आवश्यक छ”, कार्कीले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












