डिजिटल प्रेस क्लिपिङ सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, २५ माघ । डिजिटल प्रेस क्लिपीङ सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विकासको रणनीति केन्द्रमुखी रहेको, मिडियामा सर्वसाधरणको पहुँच रहेको धारणा राख्दै राजनेतालाई सकारात्मक आलोचनाबाट सुधारोन्मुख बनाउनुपर्नेमा जोड दिनुभएको छ । डिजिटल नेपालको विकासबाट समाजलाई परिवर्तन गर्न सकिने हुँदा आफूले त्यसतर्फ ध्यानकेन्द्रित गर्ने प्रतिवद्धता व्यक्त उहाँले गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले उपराष्ट्रपति नन्दबहादुर पुनले पठाउनुभएको शुभकामना सन्देश बाचन गर्नुको साथै डिजिटल प्रेस क्लिपीङ्को औचित्य र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।
शिक्षामन्त्री धनिराम पौडेल, युवा तथा खेलकुदमन्त्री दलजीत शेरपाइलीले नेपालको मिडियालाई डिजिटलाइजेशनबाट सुशासनको प्रत्याभूत गर्दै सर्वाङ्गिन बिकासमा बल पुग्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले सवै खालका अनलाइन, युट्यूब, अनलाइन टिभी लगायतको मिडियाको हब बनेको नारकोसी डटकमले जबाफदेही बन्दै गौरव गर्ने दिन आउनुपर्ने धारणा राख्नुभएको थियो ।
कलाकार जितु नेपाल र मनोज गजुरेलले सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गर्दै सामाजिक सञ्जाल, मिडियाको विकृति र विसंगतीको बिषयमा तिखो ब्यङ्ग्य प्रहार गर्नुहुँदै पत्रकारले पनि सार्थक समाचारको खोजी गर्न आग्रह गर्नुभयो ।
बुनेसा इन्टरनेशनलका सिईओ शर्माले डिजिटल प्रेस क्लिपीङ् सेवाको बारेमा स्पष्ठ पार्नुभई संसारभरी रहेका ५०० बढी नेपाली अनलाइनलाई नारकोसी डटकमबाट आफूले चाहेको भौगोलिक र बिषयगत आधारमा समाचारहरु हेर्न सकिने बताउनुभयो । अनलाइन तथा युट्युब च्यानेलबाट पोष्ट गरेका सामग्रीहरु पनि नारकोसी डटकमबाट हेर्न सकिने हुँदा समयको बचत हुने उहाँको धारणा थियो ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र बुनेसा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले डिजिटल प्रेस क्लिपीङ् सेवा सञ्चालनसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार काउन्सिलले सो सेवाको सञ्चालन गर्ने र ग्राहक बनाएबापत केही सेवाशूल्क बुनेसालाई दिने उल्लेख छ । प्रेस काउन्सिल नेपाल प्रेस क्लिपीङ् सेवा उपसमिति संयोजक गोविन्द प्रसाद चौलागाईँले सहभागीलाई धन्यवाद दिनुभयो । कलाकार दिनेश डिसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । अनलाइनमा प्रकाशित विषयवस्तुलाई भौगोलिक तथा बिषयगत आधारमा एकै क्लिपमा संकलन गरी सेवाग्राहीको माग बमोजिम डिजिटल कपी नियमित वितरण गर्न सकिने बताईएको छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












