डीएसपीलाई हवल्दारले ‘जय नेपाल’ नभन्दा यसरी भकुरे
दाङ, २५ माघ । ‘जय नेपाल’ नगरेको झोकमा प्युठान प्रहरी प्रमुख डीएसपी रञ्जितसिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई निर्घात कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानको हिरासतमा चार चार घण्टा राखेर डिएसपी राठौरले उनलाई कुटपिट गरेका हुन् । कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ ।
ट्राफिक प्रहरी हवल्दार डिसी सोमवार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा खटिएका थिए । अस्थायी प्रहरी पोष्ट बिजुवारमा कार्यरत उनलाई जिल्ला प्रहरी कार्यालयमा बोलाए प्रहरी पोशाकमै हत्कडी लगाएर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
पीडित प्रहरी हवल्दार डिसीले भने, ‘म र अर्को एकजना क्वाडीमा नियमित चेकिङमा थियौं, म एक छेउमा जरिवाना काटिरहेको थिएँ, त्यही बेला सीडीओ साब र डिएसपी साप आउनु भएछ, काममा व्यस्त भएकाले मैले दुबैलाई देखिन, त्यसपछि जय नेपाल नभनेकै निहुँमा ममाथि अत्याचार गरियो ।’
उनले डिएसपी राठौरको निर्देशनमा हतकडी लगाएर अस्पताल लगेर उपचार गराइएको पनि बताए ।
डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको दाबी गरे । उनले कार्यालयमा पनि सोधपुछका बेला अटेरी गरेकाले हत्कडी लगाइएको प्रष्टीकरण दिए ।
Comments
अरु समाचार
-
फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा
पाटन (ललितपुर): फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ । मंगलबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा...
-
आजको राशिफल: २०८१ साल पुष ९ गते मंगलबार
मेषः व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम...
-
फूलचोकीको जंगलभित्र १३ जना हराए, प्रहरीको खोजी टोली परिचालन
काठमाडौं । ललितपुरको फूलचोकीको जंगलभित्र १३ जना हराएका छन् । उपत्यका प्रहरीको कन्ट्रोल रुममा आफूहरु जंगलभित्र हराएको भनी हराउनेमध्येकै एक...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
रोशीका वडाध्यक्ष लामाको निधन
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।...
-
हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या
काठमाडौं । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ ।...
-
जमिनबाट सुन निकालिदिन्छु भन्दै दुई करोड ठगी गर्ने पक्राउ
काठमाडौं । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत...