न्यौपानेको कर्म संवाद : कर्म बालबालिको क्षेत्रमा गीता जस्तो पुस्तक
महेन्द्रनगर । दामोदर न्यौपानेद्वारा लिखित पुस्तक ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ बालबालिकाको क्षेत्रमा काम गर्नेको लागि गीता जस्तो भएको कर्म संवाद कार्यक्रमका सहभागीले प्रतिक्रिया दिएका छन् ।
रिडर्स क्बलका अध्यक्ष सुरेन्द्र ओझाले पुस्तक पढेपछि आफ्नो दृष्टिकोण बदलिएको बताए । ‘बालबालिकासँग म पनि हातेमालो गर्न चाहने मान्छे हुँ,’ उनले भने, ‘तैपनि मैंले बालबालिका अझै बुझेको रहेनछु, लेखले जसरी मैंले किन सोचिन ? लेखकले जसरी किने हेरिन भनेर यो पुस्तक पढेपछि सोचिरहेको छु । यो पुस्तक बालबालिका क्षेत्रमा काम गर्नेको लागि गीता हो । शिक्षकले यसलाई एक पटक मात्रै पढेर हुँदैन । पटकपटक पढ्नुपर्छ । यसलाई सिरानीमा राख्नु पर्छ ।’
ग्लोबल स्कुलका प्रिन्सिपल समेत रहेका ओझाले आफूले ५० वटा किताब लेखिसकेको उल्लेख गर्दै यो पुस्तक पढेपछि सामान्य कुरा पनि गम्भीर तरिकाले उठाउन सकिंदो रहेछ भनेर आफूलाई महशुश भएको बताए । ‘अब म कर्म बोकेर बालबालिका बीच जान्छु,’ उनले भने, ‘यो पुस्तकका पात्रले केही गर्न सकिन्छ र केही गर्नु पर्छ भन्ने प्रेरणा दिएको छ ।’
कञ्जनपुर बालक्लब समाज र रिडर्स क्लबले आयोजना गरेको संवादमा बाल अभियन्ता, शिक्षक, बालबालिकाल लगायतले पुस्तकमाथि परिचर्चा गरे । संवाद कार्यक्रममा देशका सात वटै प्रदेशका बाल क्बल संजालका प्रतिनीधिहरु सहभागी थिए ।
बालक्लब संजाल काभ्रेका पूर्व अध्यक्ष सजीप न्यौपानले पुस्तकले बालमैत्री समाज निर्माण गर्न अभियान चलाएको प्रतिक्रिया दिए । ‘यो कोठाको चौघेरामा बसेर लेखिएको पुस्तक हैन,’ उनले भने, ‘यो पुस्तकले लेख्ने काम मात्रै भएको छैन, बालबालिकाले उठाएको अभियानलाई समेत साथ दिएको छ ।
यसले बालबालिकाको लागि काम गर्ने निकायलाई बालमैत्री समाज निर्माण गर्न झक झकाएको छ ।’ बालक्बल संजाल सुर्खेतका पूर्व अध्यक्ष तिलक पौडेलले यो पुस्तक बालबालिको जीवन भएको प्रतिक्रिया दिए । ‘यो पुस्तक समुद्रमा जमेको हिंउ पगाले जस्तो छ,’ उनले भने, ‘बालबालिकाको मनलाई यसले समाएको छ ।’
बालक्लब संमाज कन्चनपुरका कार्यत्राहक अध्यक्ष धिरज जोशीले कर्मले बालबालिकाको क्षेत्रमा नयाँ कोणबाट बहस चलाएको प्रतिक्रिया दिए । ‘यो बहस हामी देशभरी फैलाउँछौं,’ उनले भने ।
कान्तिपुर दैनिकमा कार्यरत पत्रकार तथा लेखक न्यौपानेले बालबालिकालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी भएको बताए । ‘बालबालिका हेपिएका छन्,’ न्यौपानेले भने, ‘कुनै पनि संरचना बालमैत्री छैनन् । बालमैत्रि व्यवहार नभए सम्म उनीहरुको चौतफी विकासमा बाधा हुन्छ । उनीहरुको चौतफी विकासका लागि बालमैत्री व्यवहार जरुरी छ । त्यही बहस चलाउन मैंले पुस्तक लेखेको हुँ ।’
त्यस्तै ग्लोबल स्कुलकी भाइस प्रिन्सिपल चन्द्र पाठकले बालबालिकाको विषय गम्भीर रुपमा उठाएको प्रतित्रिया दिइन् । ‘हामी प्राकृतिक, संस्कृतिक रुपले सम्पन्न भएर पनि किन पछि प¥यौं, ?’ उनले भनिन्, ‘यो प्रश्न गम्भीर गरी पुस्तकमा उठाइएको छ। स्रोत परिचालन गर्न सक्यौं भने हाम्रो देश सम्पन्न बन्न सक्छ ।’ सिकाउने शैली राम्रो भयो भने बुझ्न सजिलो हुने रहेछ भन्ने शिक्षक पुस्तकले दिएको उनले प्रतिक्रिया दिइन् ।
न्यौपानेको दोस्रो कृतिको रुपमा कर्म : सिकाइमा गहिरिएको खाडल केही महिना अघि मात्र बजारमा आएको हो । न्यौपानेले कर्म दोस्रो संस्करण प्रकाशनको लागि तयारी भईरहेको पनि वताएका छन् । यसअघि उनले माओवादी द्वन्द्वकालका घटना समेटेर एम्बुसमा ६ वर्ष पुस्तक लेखेका थिए ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












