आज पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पहिलो स्मृति दिवस
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका तात्कालिन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको प्रथम पुण्य स्मृति दिवस, कांग्रेस एवम् उसका भ्रातृ संघ संस्थाले कोइरालाको सम्झना गर्दैछन् ।
स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले केहीवेरमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रमलाई सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै सुशील कोइराला फाउण्डेशनले पनि कोइरालाको सम्झनामा साँझ दीप प्रज्ज्वलन गर्दैछ ।
१९९५ सालमा विराटनगरमा जन्मिएका कोइरालाको गत वर्ष माघ २६ गते राजधानीको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।
उहाँको निधनमा अनेकन चर्चा बाहिर आएपनि उपचारमा संलग्न चिकित्सकहरुले निमोनियाका कारण निधन भएको बताएका छन् । पार्टीको १३ औं महाधिवेशनमा सभापतिको प्रत्यासी समेत रहेका कोईरालाको महाधिवेशनको करिब एक महिना अघि निधन भएको थियो ।
उहाँको निधनपछि दुई खेमामा विभाजन भएको तात्कालिन संस्थापन पक्ष अहिले पनि रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमाका रुपमा पार्टीमा चिनिन्छ ।
दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसलाई संसदको पहिलो पार्टी बनाउन सफल कोइराला, एमालेको सहयोगमा मुलुकको प्रधानमन्त्री बन्नु भएको थियो ।
गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्रीमा निर्बाचित भएपछि उहाँकै प्रधानमन्त्रीत्वकालमा गणतन्त्र नेपालको पहिलो संबिधान जारी भएको थियो ।
गणतन्त्रात्मक नेपालको पहिलो संविधान निर्माण र घोषणाको नेतृत्व गरेका कोईराला एमालेलाई सत्ता हस्तान्तरणको सहमति कार्यान्वयन नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचित समेत बन्नु भयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको उम्मेद्वार बन्दा आफुले समेत उम्मेद्वारी दिएका कोइराला पराजित मात्र हुनु भएन, संविधान घोषणाको नेतृत्व गरेको कांग्रेस कार्यान्वयनका समय प्रतिपक्षीमा बस्न बाध्य भयो ।
सरकारमा आउन ओलीले बारम्बार गरेको आग्रह वेवास्ता गरेका कोइरालाको तात्कालिन रणनीतिका कारण बढेको दलीय ध्रुविकरण अहिले समेत सहज बन्न सकेको छैन ।
कोइराला करिव २० महिना मुलुकको कार्यकारी प्रमुख बन्नुभयो । नेपालकै सवैभन्दा गरिव प्रधानमन्त्रीको पगरी भिरेका अविवाहित कोइरालाले आफ्नो सम्पत्ति सार्वजनिक गर्दा तीन वटा मोबाइल मात्र देखाउनुभएको थियो ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












