आयुर्वेदिक औषधिप्रति आकर्षण घट्दो
भोजपुर, २७ माघ । विगत वर्षयता आयुर्वेदिक औषधिप्रति जनसमुदायको आकर्षण दिनप्रतिदिन घट्दै गइरहेको छ ।
पछिल्लो समयमा अस्पतालको उपचारमा वृद्धिसँगै आयुर्वेद तथा प्राकृतिक औषधिप्रति जनसमुदायको आकर्षण घटेको जिल्ला आयुर्वेद औषधालय भोजपुरले जनाएको छ । आयुर्वेद पद्धतिका बारेमा जनतामा चेतनाको कमीका कारणले पनि यस पद्धति प्रयोग गर्नेको सङ्ख्यामा कमी आएको हो ।
भोजपुर कुलुङका अकलबहादुर राईले भन्नुभयो, “बिरामी भएको बेला तत्काल सञ्चो नगर्ने र लामो समय पर्खनुपर्ने भएकाले अस्पतालकै औषधि प्रयोग गरिन्छ ।” आयुर्वेद औषधि भनेको समयमा नपाइने र त्यसको प्रयोगका बारेमा जानकारी पनि नभएकाले प्रयोग नगरेको भोजपुर–७ की मनमाया विकले बताउनुभयो ।
आयुर्वेदका जानकारका अनुसार औषधिले रोगलाई दबाउने मात्र काम गर्दछ पूर्ण रुपमा निको पार्दैन तर केही यस्ता रोग छन् जसलाई आयुर्वेदले रोग तत्काललाई दबाउने मात्र होइन पूर्ण रुपमा निको पार्ने काम नै गर्दछ । जानकारीको अभावमा जिल्ला तथा सेवा केन्द्रको आयुर्वेद औषधालयमा सर्वसाधारणको त्यति आवतजावत नभएको आयुर्वेद कार्यालय भोजपुरका कर्मचारी सुष्मा बस्नेतले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












