८ अर्ब लागतमा ठूला कारागार बन्दै
काठमाडौं । सरकारले नुवाकोटको विदुर र बाँकेको नौबस्तामा आधुनिक भवनयुक्त कारागार निर्माण गर्ने भएको छ । बिदुरमा केन्द्रीय कारागार र नौबस्तामा क्षेत्रीय कारागार निर्माणका लागि ठेकेदार कम्पनी छनोट भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
नुवाकोटको बिदुरमा ५ सय ३४ रोपनी जमिनमा ५ अर्ब रुपैयाँ लगानीमा केन्द्रीय कारागार निर्माण गर्न लागेको बिभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले बताए । यस्तै बाँकेको नौबस्तामा १० बिगाहा जग्गामा ३ अर्ब लागतमा क्षेत्रीय कारागार बन्न लागेको हो । यी दुवै कारागारका लागि ठेकेदार कम्पनी छनोट भइसकेकोले अब निर्माण प्रकृया अघि बढ्ने छन् ।
महानिर्देशक घिमिरका अनुसार बिदुरमा ५ हजार र नौबस्तामा २ हजार कैदी बन्दी राख्न सकिने क्षमताका हुने छन् । बिभागले आन्तरिक श्रोतबाट बिदुरमा १ करोड ५० लाख रुपैयाँ लागतमा कम्पाउण्ड वाल लगाइसकेको छ भने त्यहाँ शहरी बिकास तथा भवन बिभागले ४७ करोड ८१ लाख रुपैयाँको टेण्डर स्वीकृत गरिसकेको छ । नौबस्तामा ४३ करोड ७१ लाख रुपैयाँको टेण्डर स्वीकृत भएको छ ।
देशमा हाल ७२ कारागार छन् । धनुषा, बारा र भक्तपुरबाहेकका जिल्लामा कारागार छन् । भक्तपुरमा भने बाल सुधार गृह भने छ । देशभरका कारागारमा हाल करिव १८ हजार कैदी र बन्दी रहेका छन् ।
निर्माण सुरु हुन लागेका केन्द्रीय र क्षेत्रीय कारागारमा पर्याप्त जमिन भएकोले कैदी र बन्दीलाई बस्न राम्रो सुविधा हुनेछ । त्यहाँ निर्माण पूरा भएपछि सारिने कैदी र बन्दीलाई सीपमूलक काम गर्नलाई कुनै समस्या हुने छैन भने कारागारको रुपमा भन्दा पनि सुधार गृहको रुपमा कैदी र बन्दी रहनेछन् ।
हाल देशभरका कारागार २५ देखि २ हजार क्षमतामात्रका छन् । २५ जनाको क्षमता भएका कारागारमा १ सय जनासम्म कैदी र बन्दी राख्नु पर्दा खाना पकाउन, खान र सुत्न समस्या भइरहेको बिभागले जनाएको छ । केही कारागारमा त कैदी र बन्दी स्थानअभावले पालैपालो सुत्ने र खाना पकाउने गर्दै आएका छन् । ‘केन्द्रीय र क्षेत्रीय कारागार निर्माण पूरा भएपछि त्यस्तो अवस्था रहने छैन ।’ बिभागका महानिर्देशक घिमिरेले भने ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












