पत्रकारको अधिवेशन : चौतारी अगाडि
काठमाडौं ४ फागुन । नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ । महासंघको कार्यतालिका अनुसार मंगलबार पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखामा अधिवेशन भएको हो ।
सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका छन् । त्यस्तै दुई जिल्लामा नेपाली कांग्रेसनिक प्रेस युनियन र एक जिल्लामा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका उम्मेदवार नेतृत्वमा आएका छन् ।
प्रेस चौतारीले गुल्मी, बाग्लुङ, म्यादी र लमजुङमा नेतृत्व हात पारेको छ । ती जिल्लाहरुको अध्यक्षमा क्रमशः नवराज भुसाल, दीलश्रीस मगर, तारानाथ शर्मा र आश गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै गोरखामा प्रेस युनियनका उम्मेदवार किशोरजंग थापा र पर्वतमा छाविलाल तिवारी अध्यक्ष चुनिएका छन् । रुपन्देहीमा प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त प्यानलबाट सेन्टरका ज्ञानेन्द्र जिसी नेतृत्वमा आएका छन् ।
केन्द्रीय पार्षद्हरुमा पनि प्रेस चौतारीकै सदस्यहरुको धेरै आएको बताइएको छ । प्रेस चौतारीका एक पदाधिकारीका अनुसार अधिवेशन सम्पन्न भएका जिल्लाहरुबाट चौतारीका ४१ जना केन्द्रीय पार्षद् चुनिएका छन् । त्यस्तै युनियनतर्फका २७ र सेन्टरका १४ केन्द्रीय पार्षद् निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय पार्षदमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिनिकटका ३, राष्ट्रिय जनमोर्चानिकटका ३ र विम्लव नेतृत्वको माओवादीनिकटका १ जना पत्रकारहरु निर्वाचित भएका छन् ।
मंगलबार नै सम्पन्न गर्ने कार्यतालिका रहेको अर्घाखाँची र पाल्पामा भने अधिवेशन स्थागित भएको छ । सर्वसहमतिका लागि भन्दै ती जिल्लामा अधिवेशन स्थागित गरिएको बताइएको छ ।
पत्रकार महासंघमा प्रेस चौतारी र प्रेस सेन्टरले नयाँ सदस्यता वितरण र सदस्यता नविकरणमा एकलौटी गरेको भन्दै प्रेस युनियनले महासंघ केन्द्रीय कार्यालयसँगै देशका विभिन्न जिल्ला शाखाहरुमा तालाबन्दी गरेको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












