दुई क्याम्पस प्रमुखद्वारा पदभार ग्रहण
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ केन्द्रीय क्याम्पस र विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा क्रमश : ई. विजयकुमार कुमार पण्डित र कृष्णप्रसाद चपाई नियुक्त भएका छन् ।
सोमबार केन्द्रीय क्याम्पसको सभाहलमा संयुक्त रुपमा एक समारोहकाबीच विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्र कुमार मल्लले पदभार गराएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।
पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा बोल्दै रजिष्ट्रार डा.मल्लले विश्वविद्यालयले कार्य दक्षता र विश्वविद्यालयको समग्र शैक्षिक प्राज्ञिक उन्नयनमा निर्वाह गरेको भूमिकाका आधारमा सबै पक्षको सन्तुलन हुने गरी पदाधिकारीहरू नियुक्त गरिएको दाबि गर्दै क्याम्पस प्रमुख द्वयको नियुक्तिले सम्बन्धित क्याम्पसको अध्ययन, अध्यापन र अनुसन्धानका गतिविधि थप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी व्यवस्थापन संकायका डीन डा.मस्त बहादुर गरंजाले विश्वविद्यालयको समग्र विकासका लागि सबै पक्षहरु उत्तिकै जिम्मेवारीपुर्वक लाग्नुपर्ने बताउदै क्याम्पस प्रमुखहरूको नियुक्तिले विश्वविद्यालयले थप गरि लिने बताए ।
व्यवस्थापन केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख वीर बहादुर पौडेलको अध्यक्षतामा भएको उक्त पदभार ग्रहण कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक गणेश बहादुर कार्की, प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष रुपेस खत्री, नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष तेज बिक्रम बस्नेत, स्वतन्त्र विद्यार्थी युनियन, मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष झक्क शाही लगायतकाले शुभकामना तथा बधाई मन्तव्य राख्दै विश्वविद्यालयको शैक्षिक प्राज्ञिक उन्नयनका लागि पठनपाठन र अनुसन्धानका कामकारबाहीहरू व्यवस्थित रुपमा संचालन गर्न सेवा आयोगको सक्रियताको माग गरे ।
इन्जिनियरिङ केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख ई. विजयकुमार पण्डित यसअघि सोहि क्याम्पसका उपप्राध्यापक तथा कार्यक्रम संयोजक हुन भने विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख र कृष्णप्रसाद चपाई यस अघि सोहि क्याम्पसका उपप्राध्यापक एवम सहायक क्याम्पस प्रमुख पदमा कार्यरत रहेका थिए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












