अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास
पोखरा, ४ फागुन । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गर्नुभयो ।
करिब रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने
सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।
शिलान्यासपछि बोल्दै सदस्य–सचिव विष्टले फेवातालको नामले चिनिने गरेको पोखरालाई अब खेलकुद नगरीको रुपमा चिनाउने गरी परिषद्ले उच्च प्राथमिकताका साथ व्यवस्थित र आधुनिक बनाउन पूर्वाधार विकासमा लगानी गर्न लागेको बताउनुभयो ।
अर्को वर्ष पोखरामा ३० खेल समावेश गरिएको राष्ट्रिय खेलकूद परिषद च्याम्पिनसीप प्रतियोगिता सञ्चालन गरिन लागिएको जानकारी दिँदै सन् २०१९ को फेब्रुअरीमा नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनसहितका सात खेल पोखरामा सञ्चालन गरिने विचार व्यक्त गर्नु भयो ।
सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला अध्यक्ष यमबहादुर गुरुङ, निर्माण समितिका संयोजक रुद्र घलेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
महिला टी-२०आई शृंखला : चौथो हारसँगै उपाधि होडबाट बाहिरियाे नेपाल
काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको हारको शृंखला रोकिएको छैन । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा नेपाल...
-
नेपाललाई जितका लागि १०७ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित...
-
त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र थाइल्यान्डको भिडन्त
काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल...
-
बुढासुब्बा गोल्डकपः जागृति क्लबलाई हराउँदै आरटीसी सेमिफाइनलमा
काठमाडौं । राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।...
-
टी–२० शृङ्खलामा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित,भोलि नेपाल र थाइल्यान्ड खेल्ने
काठमाडौं । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको...
-
यू-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
काठमाडौं । यु–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो परेकी छन् । आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९...
-
टी-२० श्रृंखलामा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल...
-
नेपालविरुद्ध नेदरल्याण्ड्स ब्याटिङमा
काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ। यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई...
-
त्रिदेशीय महिला टी–२० क्रिकेट: आज नेपाल र नेदरल्यान्ड्स मैदानमा
काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा...