गाउँ पर्यटनसम्बन्धी पत्रकारिता पुरस्कार स्थापना

पोखरा, ४ फागुन । पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल ‘भिटोफ’’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ ।
गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवद्र्धनमा योगदान पु¥याएका स्याङजा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले र पर्वत जिल्लाको चित्रे सामुदायिक होमस्टेक अध्यक्ष सुशीलादेवी गुरुङलाई सम्मान गर्न लागिएको भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उहाँहरु तीनै जनालाई ‘एक्सिलेन्ट लिडरसिप अवार्ड’ प्रदान गर्न लागिएको हो । “होमस्टेसहित गाउँको पर्यटन विकासमा कुशलतापूर्वक नेतृत्व गरेबापत उहाँहरुको सम्मान गर्न लागेका हौँ”,– पहारीले भन्नुभयो ।
उक्त कार्यक्रममा नेपालको पहिलो होमस्टे गाउँ सिरुबारीका अभियन्ता एवम् स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको योगदानमाथि चर्चा गरिने अध्यक्ष पहारीले बताउनुभयो ।
उहाँका अनुसार हरेक वर्षको साउनमा भिटोफको वार्षिक साधारण सभाको अवसर पारी पोखरासहित पश्चिमाञ्चल क्षेत्रका दुईजना पत्रकारलाई ‘रुद्रमान स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारको राशि जनही ११ हजार १११ रुपैयाँ रहने छ ।
रुद्रमानकै अगुवाइमा २०५४ असोजदेखि सिरुबारीमा होमस्टेसहित गाउँ पर्यटन सुरु गरिएको थियो । गुरुङको ८६ वर्षका उमेरमा २०७२ साल फागुन १५ मा निधन भएको थियो ।
Comments
अरु समाचार
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...
-
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने...
-
आज खग्रास चन्द्रगहण, विशेष उपकरणविना नै हेर्न सकिने
काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात्...
-
रामेछाप दुर्घटनामा मतदानअधिकृतसहित दुई जनाको ज्यान गयो, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
मन्थली । रामेछाप नगरपालिका–२ सिरुबारीमा मतदान सामग्री र कर्मचारी लिएर गएको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।...
-
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...
-
होलीले सद्भाव बढाओस् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना...











