सिधै यौनसम्पर्क गर्दा एचआइभी संक्रमितको संख्या दोब्बर
काठमाडौं । । सरकारले चालु आर्थिक वर्षको भदौदेखि मङ्सिरसम्म गरेको अध्ययनमा एचआइभीको मुख्य जोखिममा रहेका यौनकर्मी महिलाकोे सङ्ख्या दोब्बर वृद्वि भएको देखाएको छ ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा ४४ जिल्लामा तथ्याङ्क सङ्कलन र ३१ जिल्लामा सङ्ख्या आँकलन गरी गरिएको अध्ययनले महिला यौनकर्मी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने अन्य पुरुष, सुईद्वारा लागुपदार्थ लिने व्यक्ति, आप्रवासी कामदार र उनीहरुका यौनसाथीको तथ्याङ्क सङ्कलन गरिएको थियो ।
तथ्याङ्कअनुसार महिला यौनकर्मी न्यूनतम ४३ हजार आठसय २९ र अधिकतम ५४ हजार एकसय ९७ रहेको देखिएको छ । यो सङ्ख्या सन् २०१० मा सङ्कलन गरिएको तथ्याङकभन्दा करिब दोब्बर हो । ७ वर्षअघि यो सङख्या न्यूनतम २४ हजार ६ सय ४९ र अधिकतम २८ हजार तीनसय ५९ रहेको थियो ।
त्यसैगरी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने अन्य पुरुषको सङ्ख्या न्यूनतम ८७ हजार आठसय २६ देखि अधिकतम एकलाख ११ हजार आठसय ५२ रहेको तथ्याङ्कले देखाएको छ ।
सुईद्वारा लागुपदार्थ लिने व्यक्तिको सङ्ख्या भने न्यूनतम २७ हजार दुईसय २६ र अधिकतम ३४ हजार तीनसय ७५ रहेको छ । यो सङ्ख्याले नेपालमा अझै पनि एचआइभीको जोखिम बढाइरहेको देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलले यस अध्ययनको मुख्य उद्देश्य एचआइभीको मुख्य जोखिममा रहेका समूहका बारेमा अनुमानित आँकलन गर्नु रहेको बताउनुभयो । यो तथ्याङ्कले एचआइभी/एड्सको सङ्क्रमण नियन्त्रणका लागि नीति, नियम, रणनीति तयार पार्न तथा कार्यक्रम तर्जुमाका लागि यो अध्ययन महत्वपूर्ण भएको बताउनुभयो ।
लागुपदार्थ प्रयोगकर्ताका लागि काम गर्दै आएको रिकभरिङ नेपालका राष्ट्रिय अध्यक्ष विष्णु फँुयाल शर्माले यो तथ्याङ्क वैज्ञानिक नभएको र सरकारले हचुवाका भरमा तथ्याङ्क आएको टिप्पणी गर्नुभयो । सन् २०१० को भन्दा अहिलेको तथ्याङ्क निकै अपत्यारिलो भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अघिल्लो अध्ययनमा सुईबाट लागुपदार्थ लिनेको सङ्ख्या करिब ५४ हजार थियो, अहिलेकोमा बढीमा ३४ हजार देखिएको छ । यसले त्यो बीचका व्यक्ति कहाँ गए वा उनीहरुको बारेमा केही उल्लेख गरेको छैन । त्यसैले यो दाताको कार्यक्रम भएकाले कार्यक्रम निरन्तरता दिनलाई मात्र हचुवाका भरमा तथ्याङ्क देखाइएको छ ।’’
यस सम्बन्धमा सरोकारवाला मनिषा ढकालले तथ्याङ्क सतहीरुपमा मात्र देखिएको बताउनुभयो । उहाँले सरकारले दिएका सङ्ख्या कुनैको अघिल्लोभन्दा निकै धेरै र कुनै समूहको निकै थोरै देखाएको छ तर के कारण घटे वा बढे भन्ने विषय स्पष्ट नपारेको बताउनुभयो ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका तथ्याङ्क अधिकृत वीरबहादुर रावलले तथ्याङकमा आएका असन्तुष्टिबारे तथ्याङक पुनः विश्लेषण गरिने बताउनुभयो । यो तथ्याङ्क मापन कार्यक्रम सेभ द चिल्डे«न, ग्लोबल फ्रन्ट सम्बन्धित राष्ट्रिय सञ्जाल र इन्टरपिड नेपालको सहयोगमा सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












