२ वर्षसम्म प्रहरी टेण्टमा,ओछ्यानमै शितले भिज्छन् प्रहरी
काठमाडौं । विनाशकारी महाभूकम्प गएको पनि २२ महिना पुगिसक्यो । यति लामो समयसम्ममा पनि अधिकांश भूकम्प पीडित टहरामा नै जिउन बाध्य छन् । अझ आफ्ना दुःख, कष्ट विर्सेर सधैं जनताको सेवामा खटिने प्रहरीहरु पनि टेण्टमा नै बस्ने गरेका छन् । र,त्यहीँबाट कार्यालय सञ्चलन गर्न वाध्य भइरहेका छन् । यहाँसम्म कि टेण्टमा सुतेका प्रहरी बिहान उठ्दा शितले सिरक भिज्दा पनि टेण्ट छोड्न पाएका छैनन् ।
भूकम्पले महानगरीय प्रहरी परिसर र अपराध महाशाखा काठमाडौंको वसन्तपुरको भवन भत्केपछि नेशनल ट्रेडिङ लिमिटेडको टेकुस्थित भवनमा सारियो । त्यहाँ ती दुई कार्यालय सञ्चालन गर्न पर्याप्त स्थान नभएपछि एक दर्जनको संख्यामा टेण्ट जडान गरिए । तिनै टेण्टबाट कार्यालय सञ्चालनदेखि प्रहरीहरु सुत्न टेण्टको प्रयोग गरियो ।
अचम्मतः यति लामो समयसम्म पनि टेण्टको बिकल्प खोजिएको छैन । ‘भूकम्पपीडितलाई करोडौं रकम बितरण गरिसकेको सरकारले प्रहरीका लागि भने न भवन बनाउन चासो देखाएको छ, नत व्यवस्थित रुपमा कार्यालय सञ्चालन गर्ने बिकल्प नै दिएको छ ।’ एक प्रहरी अधिकारी प्रश्न गर्छन्, ‘देशको कानुन पालना गराउने प्रहरीप्रति सरकार किन उदासिन भइरहेको छ ?’
महानगरीय प्रहरी कार्यालयका नायव उपरीक्षक किशोरकुमार श्रेष्ठका अनुसार खाद्य संस्थानको माइतिघरस्थित जग्गामा टेकुमा रहेको प्रहरीलाई सार्न प्रस्ताव गरिए पनि त्यो अझै टुंगोमा पुगेको छैन । ‘हामी तल्लो दर्जाका प्रहरीलाई टेण्टमा सुत्ने व्यवस्था मिलाएको छ, रातभर शितले भिजिन्छ, को सँग गुनासो सुनाउनु र ।’ एक जवानले न्जुजनेपालसँग भने ।
Comments
अरु समाचार
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...












