प्रहरी महानिरीक्षक विवाद : प्रचण्डले यसरी गरे अदालतको प्रयोग
काठमाडौं । नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) नियुक्ति चरम विवादमा तानिएसँगै त्यसका पक्ष र विपक्षमा बहस भइरहेको छ । सरकारले प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गरेपछि सर्वाेच्च अदालतले तत्काल आइजीपीको जिम्मेवारीमा काम नलगाउन आदेश दिएपछि यो विवाद चर्किएको हो ।
आइजीपी नियुक्ति सरकारको अधिकार क्षेत्रभित्र पर्छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डले चन्दलाई आइजीपी बनाउन चाहेका थिएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दवावपछि चन्दलाई आइजीपी बनाइएको हो । प्रधानमन्त्री प्रचण्डले आफ्नो इच्छाविपरीत चन्द आइजीपी बनेको भन्दै त्यसलाई बदर गर्न सर्वाेच्च अदालतको प्रयोग गरेको चर्चा बजारमा छ । सर्वाेच्च अदालतकी प्रधानन्यायाधीश सुशिला कार्कीले नै यो मुद्दा हेर्नु र प्रधानमन्त्री प्रचण्डले चन्दलाई आइजीपी बनाउन नचाहनुबीच गहिरो सम्बन्ध रहेको एक कानुन व्यवसायीले बताए ।
स्रोतहरुका अनुसार सर्वाेच्चले चन्दलाई आइजीपी हुनबाट रोकेको खण्डमा कांग्रेस सभापति देउवाकै दवावमा उनी प्रधानमन्त्री वा गृहमन्त्रालयको सुरक्षा सल्लाहकारमा नियुक्त हुनेछन् । नेपाल प्रहरी हेर्नेगरी चन्दलाई आइजीपी भन्दा एक तहमाथि राखेर सल्लाहकार बनाउने चर्चा पनि छ । ‘सर्वाेच्चले चन्दलाई आइजीपी हुनबाट रोकेको खण्डमा सरकारले पुनः चन्दलाई नै आइजीपीमा बढुवा गर्न पनि सक्छ ।’ एक कानुन व्यवसायीले भने ।
चरम राजनीतिक हस्तक्षेपका कारण तहसनहस बन्दै गएको नेपाल प्रहरीका अधिकारीहरु मनोवल गिर्दाे रहेको र त्यसकै कारण काम गर्न समस्या भइरहेको बताउन थालेका छन् । सरकार प्रमुखले नै आफूले गरेको निर्णयविपरीत अदालतको प्रयोग गर्नु उचित नभएको तर्क पनि उठ्न थालेको छ । जे होस् दुई दिनपछि सर्वाेच्चमा आइजीपीको मुद्दाको बस सुरु हुँदैछ । सरकारले गरेको निर्णय नउल्टने संभावना पनि उत्तिकै छ ।
Comments
अरु समाचार
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...












