कुष्ठरोग नियन्त्रणका लागि नयाँ कार्यक्रम आएपछि स्थानीय खुसीले गदगद
विराटनगर, ६ फागुन । कुष्ठरोग निवारणका लागि मोरङमा दुई वर्षदेखि लेप्रोसी पोस्ट एक्सपोसर प्रोपाइलासिस (एलपिइपी) कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
नेदरल्यान्ड लेप्रोसी रिलिफ एसोसिएसनको सहयोगमा तीन वर्षका लागि यो कार्यक्रम मोरङका साथै झापा र पर्सा जिल्लामा सञ्चालित छन् । यस कार्यक्रमको माध्यमबाट २०७० सालदेखि कुष्ठरोगका बिरामीसंगै रहेका छिमेकीको (नयाँ कुष्ठरोगी खोजी गरेर)समेत स्वास्थ्य परीक्षण गरी उपचार हुँदै आएको छ ।
यसमा संलग्न टोलीले कुष्ठरोगी र संगैका छिमेकीलाई कार्यक्रमको महत्व र उद्देश्यबारे जानकारी गराउँछन् । त्यसपछि सम्बन्धित व्यक्तिले स्थास्थ्य परीक्षणका लागि स्वीकृति दिए गर्भवती र दुई वर्षसम्मका बालबालिकाबाहेक सबैको स्वास्थ्य परीक्षण गरिन्छ ।
एक उपमहानगरपालिका, आठ नगरपालिका र ५० गाविस भएका मोरङ जिल्लाका ४५ गाविसमा यो कार्यक्रम सम्पन्न भइसकेको छ । सो कार्यक्रममार्फत ४३ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीले जनाउनुभएको छ ।
कुष्ठरोग दुई प्रकारको हुन्छ । छ महिना औषधि खाने पौंसी बैसिलरी (पिबी) र एक वर्ष औषधि खानुपर्ने मल्टी बेसिलरी (एमबी) । सो कार्यक्रममार्फत पिबीका ३१ जना र एमबीका १२ जनाका साथै दुईजना क्षयरोगीसमेत फेला परेको अधिकृत राजवंशीले बताउनुभयो । प्रत्येक १० हजारभध्ये एक वा सो भन्दा कम कुष्ठरोगीको संख्या घटाउँदै लाने सरकारी लक्ष्य बमोजिम यस जिल्लामा एलपिइपी कार्यक्रम ल्याइएको हो ।
जिल्लामा आव २०७१÷७२मा २१५ जना कुष्ठरोगीमध्ये १४ वर्षमुनिका १९ र महिला ९१ रहेकामा १४५ जना उपचार गराएर निको भएका थिए ।
त्यसैगरी २०७२÷७३मा २०२ जना रोगीमध्ये १४ वर्षमुनिका १८ र महिला ८८ जना रहेकामा १५९ जनाले उपचार गराई निको भएका थिए । सो अवधिमा प्रति १० हजार मानिसमा १ दशमलव ५९ जना सो रोगबाट पीडित पाइएको थियो । चालु आवर्षको चार महिनामा नयाँ ६५ जना गरी १५७ जना बिरामीको उपचार भइरहेको छ ।
सरकारले कुष्ठरोगीका लागि निःशुल्क औषधि उपलब्ध गराएँदै आइरहेको छ । मोरङमा प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्य चौकीसमेत गरी ६९ स्थानबाट निःशुल्क रुपमा औषधि वितरण गरिन्छ । बिरामी निको भइसकेपछि रु एक हजार नगदसमेत उपलब्ध गराइन्छ । यसका साथै खुट्टामा घाउ भएको, सुन्निएका बिरामीको नापअनुसार जुत्तासमेत उपलब्ध गराउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
माइक्रोब्याक्टेरियन लेप्रेको जीवाणुबाट हुने रोगमा बिरामीका शरीरमा लाटो फुस्रो हुनु, नचिलाउनु, हातखुट्टा झमझम गर्नु, कानको लोती बाक्लो हुनु, नशा सुन्निनु, मोटो हुनु र आँखीभौँ झर्नुजस्ता लक्षण देखा पर्छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












