मुसहर बस्ती निर्माणमा श्रमदान र सहयोग
बर्दिवास, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीको उच्चायुक्तको कार्यालय दमक ‘झापा’ का कर्मचारीले रु एक लाख २० हजार ६१७ महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि हस्तान्तरण गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा एक दिन श्रमदान गर्न आएका सो कार्यालयका १३ जना अधिकृतसहितका कर्मचारीले आफ्ना २६ जना साथीबाट सङ्कलन भएको रु एक लाख २० हजार ६१७ नगद रकम बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस ‘सीताराम कट्टेल’ लाई हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय महत्वको पर्वका दिन कल्याणकारी काममा लगाउने मन भएपछि शनिबार नमुना मुसहर बस्तीमा श्रमदान गर्न आएको र थोरै नगदसमेत सहयोग गरिएको कार्यालयका कर्मचारीको भनाइ छ । “धेरै दिनपछि फरक ढङ्गले प्रजातन्त्र दिवस मनाइयो” टोलीमा संलग्न कमला बस्नेतले इँटाको भारी बिसाउँदै भन्नुभयो–, “पुस्तौँपुस्तादेखि अभाव र गरिबीबाट पिल्सिएका मुसहरका बनिरहेका घरमा श्रमदान र केही नगद सहयोग गर्न सक्यौँ ।”
श्रमदान गर्न आएको १३ सदस्यीय टोलीका सदस्यले इँटा, ढुङ्गा बोक्ने, सिमेन्टका बोरा ओसार्ने र मसाला ९सिमेन्ट बालुवा घोलेर बनाइने० बनाउने र घरको पक्का जोड्ने काममा कडा मिहेनत गर्नुभएको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिनुभयो । फाउन्डेसनलाई बर्दिवासका युवा उद्यमी रोशन गौतमले पनि रु ५१ हजार नगद हस्तान्तरण गर्नुभएको छ ।
त्यसैगरी शनिबारै झापाको गौरीगञ्जका एलिसोना राजवंशी र विराटनगर मोरङका सङ्गीता खतिवडाले मुसहर बालबालिकाका लागि शैक्षिक सामग्री ९कापी, कलम, औजारबक्स, सिसाकलम० र खेलकुद सामग्री ९भलिबल, लुँडो, चेस, टेबुलटेनिसका सामग्रीसहित० फाउन्डेसनलाई हस्तान्तरण गरेका जनाएको छ ।
गत पुस २५ गते शिलान्यास भएर निर्माण सुरु भएको मुसहर बस्तीमा तीनजना फ्रेञ्च र एकजना अर्जेन्टियन नागरिक र नेपाल युवा सञ्जाल ९आयोन० का १२ जना पनि पछिल्ला ३५ दिनदेखि कडा मेहनतपूर्वक श्रमदान गरिरहेका छन् । बस्ती निर्माणमा रु चार करोड ७८ लाखको लागत अनुमान गरिएको छ । आउने वैशाख १ गते नयाँ वर्षका दिन ५० घरपरिवारका मुसहरलाई हस्तान्तरण गरिने बस्ती निर्माणको हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको फाउन्डेसनका परियोजना प्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












