प्रदूषण नियन्त्रण गर्न प्रभावकारी नीतिको खाँचो
काठमाडौँ, ८ फागुन । काठमाडौँ उपत्यकाको प्रदूषण नियन्त्रणका लागि प्रभावकारी नीतिको खाँचो औल्याइएको छ ।
राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको संयोजन तथा काठमाडौँ उपत्यकाका सांसदको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा व्यवस्थापिका–संसद्, वातावरण समितिका सदस्य मानबहादुर विश्वकर्माले नीति बनाउने तर कार्यान्वयन पक्ष फितलो हुँदा उपत्यकाको प्रदूषण नियन्त्रणमा समस्या परेको बताउनुभयो ।
सांसद ध्यानगोविन्द रञ्जितले पहिलेको पवित्र काठमाडौँ उपत्यका अहिले रोगको खाल्डो हुँदै गएकाले प्रदूषण नियन्त्रणका लागि सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद भीमसेनदास प्रधानले उपत्यकाको प्रदूषण नियन्त्रणका लागि संसद्मा छुट्टै समिति बनाउन आवश्यक रहेको बताउँदै पुराना सवारीसाधनलाई हटाउन सरकारलाई सुझाव दिनुभयो ।
सांसद ओमदेवी मल्लले सरकारले बनाएको नीति, नियम नमान्नेलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मणलाल राजवंशीले उपत्यकामा जनसङ्ख्या वृद्धिसँगै बढेको कलकारखाना र सवारी साधनको धुवाँले प्रदूषण बढेकालेसरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
समाजका अध्यक्ष गङ्गाबहादुर थापा, वातावरणविद् मञ्जित ढकाल, वातावरणमैत्री यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष उमेशराज श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका ऊर्जाविद् हितेन्द्रदेव शाक्यलगायतले विद्युतीय सवारी साधन प्रयोग गरे केही हदसम्म उपत्यकाको प्रदूषण नियन्त्रण हुने धारणा राख्नुभएको थियो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












