‘राजेन्द्र महतो भारतीय हुन,उनलाई खेद्नुपर्छ’
आफूलाई मधेसवादी हुँ भन्ने क्षेत्रीय चानचुन पार्टीका नेताहरुले हामीलाई नश्लवादी भन्छन् । यी अज्ञानीहरुलाई नश्लको परिभाषा नै थाहा छैन । केपी ओलीलाई नश्लवादी भन्नेहरुले बुझेका छैनन् कि मधेसी र ओलीको नश्ल एउटै हो । अर्थात मधेसी र पहाडी दुवै आर्यन हुन् । आर्यन र मंगोलियनको नश्ल फरक हुन्छ । यहाँ त केपी ओली नश्लवादी भयो, मधेसीलाई अपमान गर्यो भनिरहेका छन् । खासमा केपी ओलीको बेग्लै नश्ल छैन, होइन ।
हुँदै नभएको, भन्ने नहुने शब्द नश्लवादी यिनीहरुले भन्नुको कारण गहिरो छ । ६२ सालपछि र त्यो भन्दा अगाडि नेपालको प्रशासनिक कमजोरीको फाइदा उठाएर नेपालको नागरिकता लिएकाहरुले मधेस खान लागि सके । यिनीहरुले हामी मधेसका रैथानै मेधेसीलाई लखटेर, अल्पमतमा पारेर हामीमाथि राज गर्न खोजिरहेका छन् ।
जसको तराईका सबै जिल्लामा कार्यालय छैन, कार्यकर्ता छैनन्, आमसभा गर्ने हैसियत छैन, महाधिवेशन पनि कोठाभित्र हुन्छ त्यस्ता पार्टीले भनिरहेका छन् कि एमाले मुक्त मधेस बनाउँछौं । अब चुनाव हुन दिनुहोस यी ‘विदेशी दलालमुक्त मधेस’ एमालेले बनाउँछ ।
एमालेसँग पाँचलाख संगठीत सदस्य छन् । विगतको संविधान सभा निर्वाचनमा मधेसमा एमाले र मधेसी दलले पाएको मतका हिसाब गर्ने हो भने ७६ प्रतिशत मत हामीले पायौं । बाँकी २४ प्रतिशत मत सबै मधेसवादी भनिने क्षेत्रीय दलहरुले पाए । यसकारण यी दलहरुको कुनै हैसियत नै छैन । यिनीहरुले एमालेलाई केही गर्न सक्दैनन् ।
एमाले मुक्त मधेस भनेर हल्ला गर्नुको कारण चाहिँ छिमेकीले दिएको पैसाले काम गर्दैछ भन्ने सन्देश दिल्ली पुर्याउनु हो । एमाले मुक्त होइन अब मधेस एमालेयुक्त हुन्छ । यो थाहा पाएका दलालहरु अहिले छट्पटाएका हुन् ।
यी दलहरुले विगतमा मधेसमा भ्रम छरे । ६२ सालमा लिएको नागरिकता खोसिन्छ, मधेसीलाई लखटिन्छ, सरकारी जागिर मधेसीले पाउँदैनन भनेर भ्रम फैल्याए । जबकी संविधनमा मधेसीलाई अधिकार नदिइएको कुनै ठाउँ छैन ।
एमाले राष्ट्रिय पार्टी हो । यो पार्टीसँग भिड्नु भनेको आफैले आफ्नो विनाशलाई निम्तो दिनु हो । तर एमालेलाई मधेसमा यी क्षेत्रीय पार्टीहरुले विथोल्ने कोसिस गरिरहेका छन् । एमालेले सशक्त प्रतिकारमा आउने बेला भएको छ ।
एमालेले बजेटमा सबैभन्दा बढी मधेसका लागि कार्यक्रम ल्यायो । मधेसको हितमा एमाले नै अगाडि छ । तर एमालेसँग मधेसका लागि सुन छ कि लसुन छ नदेखाइ भएन ।
अहिले आफूलाई जो जसले मधेसवादी भनिरहेका छन्, यिनीहरुले कहिले पनि मधेसका गरिब, उत्पीडित जनताको लागि काम गरेको इतिहास छैन । आन्दोलनमा मारिनेलाई ५० लाख दिने घोषणा गर्नेहरु यिनीहरु नै हुन् । अहिले मधेसवादी दलहरु सत्ता पक्षका हुन् खै त त्यो ५० लाख दिएको ?
५० लाखको त कुरा छाडौं, सरकारले आन्दोलनमा घाइतेभएकाहरुका लागि दिएको पैसा पनि मधेसी नेताहरुले बाँडेर खाए । जनतालाई दिएनन् । सत्तामा हुँदा मधेसवादी दलका कुन नेताले मधेसका लागि के काम गर्यो रु कुनै एक काम पनि छैन देखाउन मिल्ने ।
सबैभन्दा लामो समय यिनै नेताहरु सरकारमा बसे । कांग्रेस एमालेसँग मिलेर कैयन पटक सरकार बनाए । सबैजसो मन्त्रालय चलाए । धन, सम्पत्ति कमाए । सात पुस्तालाई पुग्ने गरी धन पनि जोडे । अहिले आएर भन्छन् कि कांग्रेस एमालेका पहाडे शासक मुर्दावाद ।
सत्तामा बसेर तर मारुन्जेल पहाडे शासक जीन्दावाद नै भयो । जब आफ्नै जिल्लाबाट, आफ्नै क्षेत्रबाट जनताले पत्तासाफ गरिदिए अनि भन्छन एमाले नश्लवादी, पहाडे शासक मुर्दावाद । यो अति होइन रु
राजेन्द्र महतो, महन्थ ठाकुर, हृदेश त्रिपाठीलगायत नेताहरुलाई जनताले लखेटेकै हुन् । जो आफनो क्षेत्रबाट १५ हजार मत ल्याउन नसकेर हार्छ, उसैले भन्छ कि –मधेसमा दुई प्रदेश चाहिन्छ । के मधेस उनीहरुको बाउको बीर्ता हो रु चुनावमा हारेका हरुवाहरुले मधेसको ठेक्का लिने रु यो कहाँको न्याय हो मलाई बताइदिओस कोही ।
पहाड मधेस जोडिन्छ
पहाड र मधेस नजोडी प्रदेश नम्बर २ बन्यो । त्यो गलत भयो । एमालेले त्यसलाई सच्याउने बताइसकेको छ । पहाडबाट प्राप्त हुने अनेक लाभ मधेसका जनताले पनि बराबरी पाउनु पर्छ । पहाडमा पहाडी बस्छन् भन्दैमा त्यहाँको स्रोत साधन मधेसीले नपाउने हुँदैन । पहाडको स्रोत साधनमा मधेसीको पनि बराबर हक लाग्नु पर्छ, जति पहाडीको लाग्छ । यसकारण दुई नम्बर प्रदेशमा पनि पहाडी जिल्ला जोडिनेछ । पाँच नम्बर प्रदेश टुक्रिने त कुरै छैन । अहिले संविधान कार्यान्वयनको चरण हो । चुनाव भन्दा अगाडि सीमांकन फेरबदल गर्न मिल्दैन । यसकारण पहिले चुनाव अनि दुई नम्बर प्रदेशमा पहाड मिसाउने काम हुनेछ ।
बिहारीले मधेस विगारे
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सच्चा नेपाली होइन । उनको जन्म भारतमा, पढाई भारतमा, घर भारतमा छ । उनी राजनीतिका माध्यमबाट पैसा कमाउन नेपाल आएका हुन् । राजनीति गर्न नागरिकता चाहिने भएकोले उनले नेपालको नागरिकता लिए । आफूले लिएपछि बाबुको पनि बनाइदिए । पटक पटक मन्त्री भएपछि उनले करोडौ रुपैया कमाए । काठमाडौंमा आलिसान घर बनाए । उनी नेपाली होइनन्, जन्मले पनि होइनन्, कर्मले पनि होइनन् । राजनीतिक धर्मले पनि होइनन् । उनको नागकिरता त नेपाली प्रशासनको दुष्परिणाम मात्रै हो । यसकारण उनलाई मधेस र मधेसीको माया लाग्दैन । नेपाल र नेपालीको त के कुरा गर्नु ।
यसकारण यी बैसाखे मधेसीहरु जो ६२ सालपछि नेपालको नागरिकता लिएर हामीलाई नै अल्पमतमा पार्न खोजिरहेका छन् यी सबैलाई जहाँबाट आएका हुन् त्यतै पठाउनु पर्छ । अनि मात्रै मधेसका रैथाने, सच्चा मधेसीको मुक्ति सम्भव छ ।
जसरी युवाहरु लागू औषधको कुलतमा पर्छ, लागू औषधले ग्रसित हुन्छ, ठीक त्यसै गरी यी मधेसी भनाउँदाहरु पनि सत्ता र पैसाको लतमा फसेका छन् । यीनीहरु सत्ता र पैसाको दुव्र्यसनी हुन् । यी ग्रसित बिरामीहरु हुन् । यीनलाई भोट होइन उपचारको खाँचो छ ।
साभार नेपालआजबाट
Comments
अरु समाचार
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












