स्ववियु निर्वाचनको प्रक्रिया सुरु (सूचीसहित)
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको प्रक्रिया आज सुरु भएको छ । विभिन्न दल समर्थित विद्यार्थीको आन्दोलनका कारण निर्वाचन चार दिन पछि सरेपछि कार्यतालिका समेत प्रभावित भएको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार, आज पहिलो दिन मतदाता नामावली प्रकाशन हुनेछ । देशभर रहेका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा एक साथ नामावली प्रकाशन हुने र आजै २ बजेसम्म मतदाता सूचीमाथि दावी विरोध गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।
दाबी विरोधमाथि छानबिन गरी भोली मध्यान्न १२ बजे अन्तिम नामावाली प्रकाशन गरिनेछ । भोली साँझ ५ बजेसम्म उम्मेदवारलाई मनोनयनपत्र वितरण गर्न कार्यतालिका छ ।
यसैगरी यही १४ गते बिहान १० देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी मनोनयन गर्ने र सोही दिन साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ ।
यस्तै १५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । मध्यान्न १२ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी नामावली प्रकाशन गरिने छ ।
सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिएको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । ८ बर्षपछि हुन लागेको स्ववियु निर्वाचन यही १८ गते हुनेछ ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











