मोर्चाका कार्यकर्ता हिंसामा उत्रिए, छानीछानी पहाडे नेताका घर तोडफोड गर्दै
सप्तरी ११ फागुन । बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।
मोर्चा कार्यकर्ताहरुले गरेको ढुँगा प्रहारबाट कार्यालयको झ्यालको दुई वटा सिसा फुटेको छ । आन्दोलनकारीले कार्यकारी अधिकृत यादवराज सापकोटाको नेम प्लेट समेत बाहिर ल्याएर फालिदिएका छन् ।
मोर्चा कार्यकर्ताहरुले बुधबार बिहानैदेखि सप्तरीको बिभिन्न ठाउँमा नाराबाजी गर्दै पसलहरु बन्द गराएका छन् । बिहानैदेखि मोर्चा कार्यकर्ताहरुले राजविराज, कंचनपुर, भारदह, कल्याणपुर, बोदे बर्साइन, पातोसहित जिल्लाका प्रमुख बजारहरु बन्द गराएका छन् ।
पूर्व पश्चिम राजमार्गमा पनि सबारी चलेका छैनन् । मोर्चाको बन्दका कारण सप्तरीका सरकारी कार्यालयको समेत कामकाज ठप्प छ ।
संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको बिरोधमा मोर्चाले बुधबार एक दिनका लागि मधेश बन्दको आह्वान गरेको छ । मोर्चाले बन्दको पूर्व सन्ध्यामा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो ।
जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । साथै मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बसेको घर समते घेराउ गरेका छन् ।
स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, गौतम त्यही बसेका थिए ।
मोर्चाका कार्यकर्ताले महासेठको घर घेराउ गरेपछि तनाव उत्पन्न भएको छ । सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले शान्तिपूर्णरुपमा र्याली निकाल्न खोज्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव सिर्जना भएको बताए ।
शनका अनुसार झडपका क्रममा राजु साह, कुलदीप साह लगायत घाइते भएका छन् । र, उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...












