२० डिआइजीको सरुवा, ५ क्षेत्रका प्रमुख फेरिए
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका २० जना नायव महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । जसमा क्षेत्रमा रहेका सबैको सरुवा भएको हो ।
मन्त्रालयका अनुसार ट्राफिक महाशाखाका प्रकाश अर्याल प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग, बमबहादुर भण्डारी महानगरीय प्रहरी कार्यालय, पशुपति उपाद्याय प्रधान कार्यालय कार्य विभाग, देवेन्द्रजंग सुवेदी प्रहरी प्रतिष्ठान महाराजगञ्ज र बिजयलाल कायस्थ क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएका छन् ।
डिआइजी मधुशुधन पुडासैनीको क्षेत्रीय प्रहरी कार्यालय पोखरा, माधवप्रसाद जोशी प्रधान कार्यालय प्रवन्ध, केशरीराज घिमिरे मानव श्रोत विभाग, कमलसिंह बम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मिङमार लामा ट्राफिक महाशाखा र पंकज श्रेष्ठ एयरपोर्ट सुरक्षा गार्ड कार्यालयमा सरुवा भए ।
यस्तै माधवप्रसाद नेपाल तालिम निर्देशनालय, हेमन्तबहादुर पाल बिशेष ब्युरो, गोविन्दप्रसाद निरौला अन्वेषण र रोमेन्द्रसिंह देउजा सुदूरपश्चिम सरुवा भएका हुन् ।
बिजयकुमार भट्ट महिला तथा बालबालिका निर्देशनालय, सुदीप आचार्य राष्ट्रिय सुरक्षा परिषद्, गणेश केशी क्षेत्रीय कार्यालय हेटौडा, केदारमानसिंह भण्डारी अपराध अनुसन्धान बिद्यालय र रमेशकुमार भट्टराईको पूर्व क्षेत्र बिराटनगर सरुवा भएको छ ।
Comments
अरु समाचार
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












