जुत्ता सिलाएरै छोराछोरीलाई महंगो स्कूलमा
सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगडीचोकको छेउमा टहरा छापिएको छ । बजार जानेहरु बाटो त्यही हुदै जान्छन् । त्यही छाप्रोमा ६० वर्षीय देउमा मिजार ४ वर्षदेखि च्यातिएका र चुडिएका जुताचप्पल टालेर बसेकी छन् ।
दैलेखबाट सुर्खेत आएको १२ वर्ष भइसके छ । घरमा ठूलो परिवार छ । ४ जना छोरा छोरीहरुलाई पालनपोषण शिक्षा/दीक्षा दिनकै लागि भएपनि उनी जुटेकी यसरी बसेकी हुन् । छोराछोरीलाई गाउँमा कुटो कोदालो गरेर उनले हुर्काइन् । सुर्खेत आइसकेपछि भने श्रीमान/श्रीमती मिली जुत्ता सिलाएर जीवन चलाउँदै आएका छन् ।
तर,उनलाई एउटा पेसा गरेर बस्ने सुर चल्यो । र, उनले छाला जुत्ता मर्मत पसल थालिन । फाटेका जुत्ता खुब टालिन । तर, उनको जीवन कहिलै फाटेन । बरु तिनै फाटेका जुताले उनले जीवन सिलारह्यो ।
सुरुमा त बजार पनि त्यति विस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो । तर, विस्तारै उनी आफ्नो सीपमा पेसागत हुँदै गईन । जुत्ता सिलाएरै जीवन चल्ला भन्ने उनलाई विश्वास नै थिएन । तर, अचेल उनी दङ्ग छिन् ।
उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट देखिएकी छन् । एउटा मज्जाको कुरा के छ भने नि देउमा मिजार ४ वर्षदेखि जुता सिलाएर गुजारा मात्र चलाएकी छैनन् है, उनका छोराछोरीलाई बोर्डिङ स्कुलमा महङ्गो शुल्क तिरेर पढाएकी छन् ।

देउमा एक जना पात्र मात्रै थिइन् । उनी जस्ता धेरैले जुता सिलाउने पेसालाई अँगालेका छन् । वीरेन्द्रनगर १९ जयपुरका गंगाराम सार्की अहिले ६३ वर्षको भए । घरमा नुनतेल खाने पैसा नहुँदा च्यातिएका जुता सिलाउदै आएको ४ वर्ष भएको उनले वताए ।
उनले भने,‘घरमा छोराछोरी छन् । काम केही छैन । घरमा बस्ने खाने गरेको छन् । हामी बुढाबुढीलाई चिन्ता हुन्छ । बिहान–बेलुका काम गरि खाने जाती हो । उनले दुखेसो गरे कहिले दिनभरी बसीबसी मात्र घरमा जान्छौ कमाईको एकिन छैन । कहिले दिनमा २ ÷४ सय हुन्छ कहिले ५ पैसा पनि हुँदैन ।
गंगाराम आँखाले च्यातिएको र फाटेको ठाउँ देखे पुग्छ । अब यो पेसा पनि संकटमा पदै गएकोले बाँच्न धौधौ हुन बताए । अर्को पश्चिम सुर्खेत बाबियाचौरका बल सार्कीको पनि पेशा यही छ । बाबियाचौरमा जुता सिलाउनेको संख्या धेरै भएपछि सुर्खेत एरिचोकमा घर भाडामा बसि जुता सिलाउने पेशा अगालेको छन । ३ वर्षदेखि वीरेन्द्ररको मंगलगडीचोकमा जुता सिलाउदै आएका छन् ।
७ जनाको परिवार चलाउनकै लागि कति पटक भारत पुगेका बलबहादुर भारतमा केही सम्भावन नदेखेपछि नेपाल फकिएका थिए । स्थानीय मंगलगडचौकमा बसी ७ जनाको परिवार पाल्दैको बताए ।
उनले भने,‘कमाईको ठेगना छैन कहिले ३ सय हुन्छ । कहिले ५० रुपैया हुन्छ । घर भाडा तिरेर खान लागउन ठिक हुन्छ ।’ उनी बिहान १० बजे आफनो ठाउँमा आइपुग्ने गरेको बलबहादुरले बताए । अहिले आफनो पेशमा सन्तुष्ट भएको बताए ।
Comments
अरु समाचार
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...












