संविधान संशोधन गरौं,मोर्चालाई चुनावमा ल्याउने जिम्मा मेरो: डा.भट्टराई
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अबको ८/१० दिनभित्र संविधान संशोधन प्रस्ताव पारित गराउनु पर्ने वताएका छन् ।
संविधान संशोधन गरेपछि मधेसी मोर्चा निर्वाचनमा नआउने हुन कि भन्ने प्रमुख प्रतिपक्षी एमालेसहित केही सानादलले आशंका गरिरहेका बेला डा.बाबुराम भट्टराईले मोर्चालाई चुनावमा ल्याउने जिम्मा आफूले लिने एक अनलाइनले शुक्रबार लिएको अन्तर्वार्ता मार्फत् दाबी गरेका छन् ।
‘संविधान संशोधन भयो भने उहाँहरु चुनावमा भाग लिनुहुन्छ, यसको जिम्मा म लिन्छु’ डा. भट्टराईले भने,‘संविधान संशोधन भएपछि उपेन्द्र यादवजीलगायतका आन्दोलनरत शक्तिहरु निर्वाचनमा आउनुहुन्छ । यसको ग्यारेन्टी म लिन्छु ।’उनले दोहो¥याए ।
उपेन्द्र यादव सँग मिलेर संयुक्त विज्ञप्ति जारी गरेपछि सामाजिक सञ्जालमा भट्टराई आलोचनाको शिकार बनेका छन् ।
नयाँ शक्ति पार्टीको बुधबार बसेको बैठकले चुनावको वातावरण बनाउन दबाव दिने निर्णय गरेको थियो । विहीबार बिहानै उपेन्द्र यादवसँगको संयुक्त वक्तव्य त चुनावै गर्न नदिनेजस्तो पो आयो त, एकैदिनमा किन यस्तो परिवर्तन यो भन्ने प्रश्नको उत्तरमा भट्टराईले
यो कुनै दुईखाले वक्तव्य नभएको स्पष्ट गराएका छन् ।
उनले थपे, ‘मेरो स्पष्ट भनाइ छ, संविधानमा रहेका अपूर्णताहरुलाई पूर्णता दिँदै, असन्तुष्ट पक्षका मागहरुलाई सम्वोधन गर्दै संविधानलाई पूर्णता दिऔं र सबैलाई साथमा लिएर निर्वाचन गराऔं । मेरो यो डेढवर्षदेखिको निरन्तरको भनाइ छ । त्यसमा म अहिले पनि दृढ छु । र, आउँदो ०७४ माघ ७ गते भित्र तीनवटै तहको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हुनुपर्छ र संविधान कार्यान्वयन हुनुपर्छ भन्ने मान्यतामा नयाँशक्ति नेपाल दृढ छ र म दृढ छु ।’
र, त्यही आशयमा नै हामीले पार्टीको तर्फबाट वक्तव्य जारी गर्यौं र संघीय समाजवादी फोरमका तर्फबाट जारी गरिएको वक्तव्यमा पनि तात्विक अन्तर छैन । खाली एउटैमात्रै के देखएकिो छ भने हामीले तीनवटै चुनाव एकैचोटि गर भनेका छौं, यसको सट्टामा केन्द्र र प्रदेशको पहिले गर स्थानीयचाँहि पछि गर भन्नेमा मात्रै फरक हो । दुईपार्टीवीच लेनदेन गर्दा भएको फरकपन मात्रै हो, यसमा तात्विक अन्तर छैन । तीनवटै चुनाव एकैचोटि गर्दा पनि हुन्छ, नभए सुल्टो कुरो चाँहि के हो केन्द्र र प्रदेशको पहिले र स्थानीयको चाँहि पछि गर्ने । यो नै सही तरिका हो । उनले प्रस्ट पारे ।
Comments
अरु समाचार
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












