साउदीमा नेपालीलाई सास्ती : समयावधि सकिँदा पनि घर फर्कन पाएनन्
काठमाडौँ । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोच्नुभएको थियो । साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल फर्किनैपर्ने सोझो बुझाई उहाँको थियो ।
राम्रो काम पाएको अवस्थामा श्रम स्वीकृतिको म्याद थप्न नेपाल आई घर परिवारसँग भेटघाट गरी केही समयपछि फेरि साउदी फर्कनेसम्मको योजना उहाँले बनाउनुभएको थियो । साहको जीवनमा वैदेशिक रोजगारीको भोगाइ सोचेजस्तो र योजना बनाएजस्तो हुन सकेन । दुई वर्षपुगेपछि घर फर्किने तयारी गरी आफू काम गर्ने कम्पनीमा जानकारी दिन जानुभएका साहलाई कम्पनीले नेपाल फर्किन अनुमति दिएन ।
कम्पनीको सहमतिको चिठी बिना साउदीअरबबाट प्रवेशाज्ञाको म्याद सकिएपनि कुनै कामदार नेपाल फर्कन नपाउने कानुनी बाध्यतामा उहाँ फस्नुभयो । साउदीको कफला पद्धतिमा स्वदेश फर्कनका लागि वहिर्गमन प्रवेशाज्ञाका लागि सम्बन्धित कम्पनीको स्वीकृति अनिवार्य छ । साउदीबाट फोनमा रासससँग साहले भन्नुभयो, “आज पठाइदिन्छु, भोलि पठाइदिन्छु भन्दै कम्पनीले तीन वर्ष झुलाइसक्यो, अझै फर्कन अनुमति दिन्न । म त न मर्नु न बाँच्नुको अवस्थामा पुगेँ ।” उहाँको सप्तरीस्थित घरमा बूढी आमा, श्रीमती, तीन छोरा र एक छोरी छन् ।
साह साउदी जाँदा नौ वर्षको कान्छो छोरा अहिले १४ वर्ष पुग्यो । छोराछोरी कस्ता भए भन्ने कल्पनामा बेलाबेला उहाँ टोलाउनुहन्छ । बूढी आमा छोरा आउने आशामा दिन गन्दै बसीरहनुभएको छ । बहराइन नजिकैको वेल्डिङ वेड्स कम्पनीमा उहाँ वल्डिङको काम गर्नुहुन्छ ।
त्रिपुरेश्वरको वल्र्डवाईड ईम्प्लोइमेन्ट कन्सल्टेन्टबाट रु ९० हजार तिरेर उहाँ त्यहाँ जानुभएको थियो ।
आफ्नो समस्याबारे मेनपावर, साउदीस्थित नेपाली दूतावासलगायतलाई जानकारी गराएपनि हालसम्म कुनै सुनुवाइ नभएको पीडा फोनमा उहाँले पोख्नुभयो । साहमात्रै होइन दाङका तुलसी थापा, अर्जुन श्रेष्ठ, छविलाल गौतम, सुनसरीका श्रवण लिम्बू, नरेशकुमार चौधरी र कपिलवस्तुका अब्जल मुसलमान पनि दुईवर्षे श्रम सम्झौतामा तीन वर्षअघि साउदी अरब पुग्नुभएको थियो । उहाँहरु कामका लागि गएको साउदीको कम्पनी कालोसूचीमा परेको रहेछ । साउदीअरब आएको तीनवर्षे अवधिमा १७ महिनामात्रै आफूहरुले काम पाएको पीडित नरेश चौधरीले टेलिफोनमा भन्नुभयो ।
पछिल्लो सात महिनादेखि काम नभएका कारण आफुहरु त्यसै कोठामा बस्नुपरेको उहाँले जानकारी दिनुभयो । घर फर्किनका लागि कम्पनीको स्वीकृति चाहिने तर कम्पनी नै कालोसूचीमा परेकाले उसले दिएको स्वीकृति काम नलाग्ने भए पछि उहाँहरु समस्यामा पर्नुभएको हो । पीडित चौधरीले भन्नुभयो, “पैसा त कमाउन सकिएन । काम पनि नपाइने, घर जान पनि नपाइने भई बन्दी जीवन बिताउनु परिरहेको छ ।”
त्यहाँको प्रशासनलाई घुस खुवाएर भए पनि नेपाल फर्काइदिन आवश्यक व्यवस्था मिलाउन भनेर आफूहरुले प्रतिकामदार दुई हजार साउदी रियालका दरले १२ हजार उठाएर कम्पनीलाई दिएपनि पछि कम्पनीले नसकेको भन्दै उहाँहरुको रकम फिर्ता दिएको थियो । बानेश्वरमा रहेको स्वस्तिक ओभरसिजबाट उहाँहरु विसं २०७१ सालमा साउदी जानुभएको थियो ।
घर फर्किन नपाउने यस्तै समस्याबाट मोरङका निश्चल थापा मागर र सञ्जय कुमार धितालले भोग्नु परिरहेको छ । त्रिपुरेश्वरको वल्र्डवाइड इम्प्लोमेन्टबाट साढे तीन वर्षअघि साउदी गएका उहाँहरुको राहदानीलगायत कागजपत्र त्यहाँको कम्पनीले लग्यो । अहिले कम्पनीले राहदानी हरायो भन्दै उहाँहरुलाई फिर्ता दिँदैन । सो कम्पनीले दुई वर्षदेखि काम पनि दिएको छैन, तलब पनि दिएका छैन । “नेपाल फर्किन्छुभन्दा फर्कन सहमति पनि दिन्न । यो बीचमा त्यहाँको प्रहरीले पक्राउ ग¥यो तर छोडिदियो”–उहाँहरुले भन्नुभयो ।
उहाँहरुले साउदीस्थित दूतावासमा समेत यसबारेमा जानकारी गराएपनि दूतावासले सहयोग नगरेको उहाँहरुको गुनासो छ । पीडित थापामगरका भिनाजु हर्क मगरले भन्नुभयो, “उनीहरुलाई न त कम्पनीले काम गरेको भनेर कागजपत्र दिएको छ, न त उनीहरुको राहदानी नै दिएको छ ।”
साउदीअरबमा एक दशक रोजगारीमा रही नेपाल फर्किएर सुरक्षित आप्रवासको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष रहनुभएका कुलप्रसाद कार्की साउदीको कफला कानुनका कारण नेपालीहरुले समस्या भोग्नुपरेको अनुभव सुनाउनुभयो । सरकारले साउदीसँग श्रम सम्झौता गर्न सके धेरै समस्याको समाधान हुने र कामदारलाई समयमै उद्धार तथा राहत गर्न सकिने उहाँको भनाइ छ ।
अहिलको प्रक्रियामा कामदारको शव ल्याउनकै लागि तीन महिना कुर्नुपर्ने झन्झटिलो व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । अर्कोतर्फ कामदार समस्यामा पर्दा साउदीस्थित नेपाली दूतावासले समेत चासो नदिने गरेको पीडितहरुको भनाइ छ । साउदीको रियाद, जेद्दा र दमाममा नेपाली दूतावासको कार्यालय रहेकामा दमामस्थित शाखाले समन्वय नै नगर्ने गरेको कामदारहरु बताउँछन् । आर्थिक सङ्कटका कारण साउदीका धेरै कम्पनी बन्द हुँदा त्यहाँ ठूलो सङ्ख्यामा नेपाली कामदार अहिले बेरोजगार हुनपरेको छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












