स्ववियु निर्वाचन : अवरुद्ध क्याम्पसमा मनोनयन दर्ता हुँदै
काठमाडौं, १५ फागुन । विभिन्न विद्यार्थी संगठनको बिरोध र तालाबन्दीका कारण प्रभावित बनेको स्ववियु निर्वाचनको उम्मेदवार मनोनयन दर्ता आज हुँदैछ ।
विद्यार्थी संगठनको तालाबन्दीले मुलुकभरका ३८ क्याम्पसमा हिजो हुने भनिएको उम्मेदवार मनोनयन दर्ता हुन सकेको थिएन । त्रिविका रेक्टर सुधा त्रिपाठीका अनुसार हिजो मनोनयन दर्ता नभएका क्याम्पसमा आज साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने र भोली बिहान १० बजेसम्म आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।
जस्तोसुकै अवस्थामा पनि निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न त्रीवि तयार रहेको त्रिपाठीको भनाई छ । यसैबीच प्रमुख विद्यार्थी संगठन र त्रीविका बीचमा समन्वयात्मक छलफल गर्ने र प्रभावित बनेको कार्यतालिका संशोधन गरी मनोनयन दर्ता नभएका क्याम्पसमा आज प्रक्रिया अघि बढाउने सहमती भएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले दिए ।
त्रिबिसँग निर्वाचन सहमती भइसकेकाले क्याम्पसमा लगाइएको ताला खोलेर निर्वाचन प्रक्रियामा सहभागी हुने र निर्धारित समयमा नै निर्वाचन गर्न प्रमुख विद्यार्थी संगठन एकमत भएको बस्नेतको भनाई छ ।
यसैबीच, हिजो मनोनयन दर्ता भएका २२ वटा क्याम्पसमा भने आज निर्धारित कार्यतालिका अनुसार नै प्रक्रिया अघि बढ्ने त्रिविले जनाएको छ ।
उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्न १० बजेसम्मको समय निर्धारण गरेको त्रिबिले छानविनपछि मध्यान्न १२ बजे नामावली प्रकाशन गर्ने जनाएको छ ।
अपरान्ह ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकेको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
Comments
अरु समाचार
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












