स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता गर्न त्रिवि र विद्यार्थी संगठनबीच सहमत
काठमाडौं १५ फागुन । नेविसंघ सहितका विद्यार्थीहरुले स्ववियु चुनावको पूर्वसन्ध्यामा अधिकांश क्याम्पसमा लगाएको ताला फोडेर उम्मेदवारी मनोनयन खुला गर्ने सहमति त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुबीच भएको छ ।
त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।
तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको छ ।
त्रिवि स्व्वियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगावहादुर मगरका अनुसार उम्मेदवारी मनोनयन सोमबार विहानसम्म हुनेछ ।
शुरुदेखि नै अवरुद्ध भएका क्याम्पसमा भने सबै तालिका मिलाएर नयाँ निर्वाचन कार्यक्रम तय गर्नुपर्नेछ ।
उम्मेदवारी मनोनयनका दिन राजधानीका अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थीले तालाबन्दी गरेपछि चुनाव प्रभावित भएको छ । त्यस्तै राजधानी बाहिरका पनि धेरै क्याम्पसमा नेविसंघले एकैपटक चुनाव हुनुपर्ने भन्दै ताला लगाएको थियो ।
त्रिवि पदाधिकारी र अन्य संगठनसँगको छलफलपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले आइतवारै अधिकांश क्यापम्सको ताला खोलेर उम्मेदवारी मनोनयन हुने बताए । उनले भने, ‘आजै साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन हुन्छ, अब सबै क्याम्पसका ताला खुल्छन्,नेविसंघले ताला लगाएको होइन, तालाबन्दीमा संगठनको संस्थागत संलग्नता छैन ।’
नेविसंघका अध्यक्ष नैनसिंह महर र महासचिव कुन्दन काफ्ले समूहले अलगअलग उम्मेदवारी प्यानल खडा गर्न लागेपछि आन्तरिक विवादका कारण तालाबन्दी गरिएको थियो । नेविसंघका विद्यार्थीले प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा शनिवार साँझ आगजनी गरेका थिए ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामाले क्याम्पस प्रशासनले ताला फोडेर भने पनि उम्मेदवारी मनोनयन गर्ने र फागुन १८ मै स्ववियु निर्वाचन गर्ने सहमति भएको बताइन् । नेविसंघको आन्तरिक विवादका कारण चुनाव प्रभावित हुन नहुने लामाको भनाइ छ ।
त्रिवि पदाधिकारीसँगको बैठकमा नेविसंघ र अन्य संगठनका नेताबीच बाझाबाझ समेत भएको थियो । चुनाव हार्ने डरले क्याम्पसमा तालबान्दी गरेर देशैभर चुनाव रोक्न खोजेको भन्दै अखिल र अखिल क्रान्तिकारी प्रचण्डले आरोप लगाएपछि भनाभन भएको थियो ।
नेविसंघ अध्यक्ष महरले भने तालाबन्दीमा नेविसंघ संस्थागत रुपमा तालाबन्दीमा नरहेको बताएका थिए । छलफलमा एमालेका विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारी, अध्यक्ष नविना लामा, कांग्रेसका विद्यार्थी हेर्ने प्रदिप पौडल, अध्यक्ष नैनसिंह महर र माओवादीबाट रमेश मल्ल र अध्यक्ष नरेन्द्र न्यौपाने सहभागी थिए ।
यो पनि पढ्नुस् ।
http://news-nepal.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B5%E0%A4%BF%E0%A4%AF%E0%A5%81-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%A8-%E0%A4%85%E0%A4%B5%E0%A4%B0%E0%A5%81%E0%A4%A6%E0%A5%8D/
Comments
अरु समाचार
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












