प्रहरीद्वारा युवासंघ रूपन्देही अध्यक्षको हत्यामा संलग्न सार्वजनिक
लुम्बिनी, १५ फागुन । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ ।
जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार छन् भने सात जना पक्राउ परेका छन् ।
रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर– ३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो ।
सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका – ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।
प्रहरीका अनुसार चापागार्इँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए ।
प्रहरीले सो घटनामा स्थानीय तथा बाहिरी मानिसको संलग्नता पनि हुन सक्ने सम्भावना रहेको बताउँदै त्यसतर्फ गम्भीरतापूर्वक निगरानी भइरहेको बताएको छ । तिवारीको गत पुस ४ गते हत्या भएको थियो । हत्यामा संलग्न मुख्य योजनाकारसहित फरार अभियुक्तलाई छिट्टै सार्वजनिक गरिने प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो । ________________________________________
____________दुर्गा तिवारी ______________________________
पक्राउ परेकाहरुमा देवदह ६ को बसन्त बहादुर चापागाई, तिलोत्तमा १५ को बुद्धिसागर यादव, तिलोत्तमा १५ कै राजेश यादव, तिलोत्तमा ८ को प्रयास भन्ने खेमानन्द भट्टराई, देवदह ८ को सागर थापा, धकधई ८ परासीको अंगद थारु र देवदह ९ को ऋषिश्वर कुमाल रहेका छन् । पक्राउ परेकाहरुले हतियार ल्याउने, तिवारीको बारेमा सूचना दिने, हत्या गर्न मोटरसाईकलमा लैजाने र भगाउने सम्मको काममा संलग्नता रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चापागाईले मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशन बमोजिम घटनाको दिन दिनभरी दुर्गा प्रसाद तिवारीको गतिबिधिको निगरानी गरी जानकारी गराएका थिए। त्यस्तै बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा। ५१ प ८०७३ नं। को मोटरसाईकल लुकाई छिपाई केही महिना अघिदेखि आफ्नो घरमा राखिदिएको र घटना हुँदा आफ्नो भाई राजेश यादवसँग उक्त मोटरसाईकल पठाई दिएको र उक्त मोटरसाई रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ।
पक्राउ परेको खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु २८ प २११९ नं।को मोटरसाईकलमा राखि रोहणी पुलसम्म पुर्याएको र घटना पश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाईकलमा रोहणी पुलबाट मणिग्राम सम्म पुर्याएको प्रहरीले जनाएको छ । सागर थापाले सुटर राजुलाई मोटरसाईकलको पछाडि राखी दुर्गा तिवारीको पिछा गरी गोली प्रहार पछि सेमराना हुँदै रोहणी पुलमा पुगी मोटरसाईकल रोहणी पुलमा छाडी खेमानन्द भट्टराईको लु २८ प २११९ नं।को मो।सा। मा मणिग्राम तर्फ गई निज सो दिन पाल्पा तर्फ लागेको थियो । त्यस्तै प्रहरीले हातहतियार तथा फिरौतीमा संलग्न अंगद थारु, ऋषिश्वर कुमाललाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले मनोज बुढामगरलाई कुनै पनि प्रकारको सहयोग नगर्न, नगराउन सम्पूर्णमा अनुरोध समेत गरेको छ । साथै कुनै प्रकारको सहयोग गर्ने, सूचना दिने वा अन्य गतिबिधिमा संलग्न भए गरेको पाईएमा जो सुकैलाई कानून बमोजिम कडा कारबाही गरीने समेत जनाएको छ । रुपन्देहीको देवदह ७ खैरेनी निवासी दुर्गा तिवारीको गत पुस ४ गते दिउँसो साढे तीन बजे मोटरसाईकलमा गएको दुई जनाको समूहले गोली हानी हत्या गरेका थिए । पार्टी तथा संगठनको कामसँगै ईट्टा व्यवसायलाई समेत संगसँगै अगाडि बढाउँदै आएका तिवारीमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले प्रहरी, पत्रकार तथा अन्य विभिन्न व्यक्तिहरुलाई टेलिफोन गरी तिवारीको हत्या आफूले गराएको जिम्मा लिएका थिए ।
पाँच नं.प्रदेश विभाजनको विरोधमा आन्दोलन गर्दै आएको एमालेले तिवारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला बन्द सहितको आन्दोलन चर्काएपछि सरकारले छानविन समिति गठन गरेको थियो । समितिले दुई साताभित्रमा हत्यामा संलग्नलाई पक्राउ गर्ने जनाए पनि दुई झण्डै साढे दुई महिनापछि मात्र हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












