मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा वीपीचोक आइतबार केहीबेर तनावग्रस्त बनेको छ ।
सदरमुकाम गौरस्थित ब्यारेक चौरमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम विथोल्न पुगेका मार्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
ढुंगा हानाहानका क्रममा प्रहरी जवान रामविनय यादव, स्थानीय पत्रकार प्रभातकुमार झा र सर्वसाधारण नन्दकिशोर पटेल घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले ५–६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
वीपी चोकमा झडप र व्यारेक चौरमा कार्यक्रम चलेको थियो । अहिले स्थिति सामान्य बनेको छ । एमालेको कार्यक्रम पनि सकिएको छ । कार्यक्रममा सहभागी हुन पुगेका एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रहरीले कडा सुरक्षाका बीच अहिले चन्द्रनिगाहपुर पुर्याइएको छ ।
कार्यक्रमस्थल वरपर बिहानैदेखि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाको कारण देखाउँदै त्यस क्षेत्रमा प्रहरीले बिहानैदेखि आवाजजावत रोक्दा आफूहरु समस्यामा परेको रौतहट रघुनाथपुरका किसान योगेन्द्र साहले बताए । ‘बाटोमा छिर्नै दिएनन्,’ उनले भने, ‘घुमाउरो बाटो भएर कार्यालयमा जान खोज्दा यता पनि पुलिसले रोक्यो ।’ धेरै अनुरोध गरेपछि जान दिएको उनले बताए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












