राजदूत शिफारिस भएका लामाको नक्कली नागरिता, कोइराला झन विवादित
काठमाडौं । सरकारले नेपाली राजदूतका लागि नामा सिफारिस गरेका केहि मानिसहरु गम्भिर विवादमा तानिएका छन् । संयुक्त अरब इमिरेट्स ‘यूएई’ का लागि प्रस्तावित राजदूत आशा लामाको नागरिकताका विवरणहरू शंकास्पद देखिएको छ ।
उनले प्रयोग गरेको नेपाली नागरिकताको प्रमाण पत्रको ठेगाना नै फरक परेको देखिएको छ । उनको पहिलो नागरिकता नम्बर २८८९ छ । तर प्रतिलिपिमा भने २४२२ नम्बर रेकर्डमा देखिएको छ । जन्मस्थान पहिलोमा विराटनगर १५, मोरङ उल्लेख छ, भने प्रतिलिपिमा काठमाडौं लेखिएको छ । पहिलोमा जन्ममिति २०२१ कात्तिक १६ गते र बाबुको ठेगाना ओखलढुंगा उल्लेख छ, प्रतिलिपिमा भने जन्ममिति २०२१ वैशाख १ गते र बाबुको ठेगाना काठमाडौं लेखिएको छ । यसरी नागरिकताको विवरण फेरवदल गर्न नेपालको नागरिकता ऐनले नदिने कुरा जानकारहरु बताउछन् ।
लामाले २०४८ असोज १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र त्यसको प्रतिलिपिमा लिएको देखिएको छ । जन्ममिति, जन्मस्थान र नागरिकता नम्बर नै बेग्लाबेग्लै छन । वैदेशिक रोजगार व्यवसाय ‘म्यानपावर कम्पनी’ सञ्चालन गर्दै आएकी लामा नेपाली कांग्रेसको कोटामा राजदूतका लागि सिफारिस भएकी हुन ।
उनले दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं। ४ बाट जनमोर्चा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लडेकी थिइन । उनले जम्मा १४ मत पाएकी थिइन । लामाको १५ हजार कित्ता सेयर रहेको ‘जब ट्रयाक रिक्रुटिङ’ कम्पनीले सम्झौताअनुसार काम, सेवा र सुविधा नदिएको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी दर्ता भएका छन ।
पीडितले आफूहरू ठगिएको भन्दै म्यानापावरलाई कारबाही गर्न तथा क्षतिपूर्ति दिलाउन माग गर्दै उजुरी दिएका हुन । यी उजुरीहरूमाथि छानबिन भइरहेको विभागले जनाएको छ । साउदीस्थित नेपाली दूतावासले पनि उक्त म्यानपावर कम्पनीलाई कारबाही गर्न भन्दै विभागलाई पत्राचार गरेको बैदेशिक रोजगार विभागको अभिलेखमा उल्लेख गरिएको छ ।
शर्मिला हो हुन ?
शर्मिला पनि बैदेशिक रोजगारमा जोडिएको देखिन्छ । शर्मिला पराजुली ढकाल झापा मैति भएपनि काठमाडौ डाँछीका ढकाल परिवारकि बुहारी हुन । उनी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट ओमनका लागि राजदूतमा सिफारिस गरिएकी झापाकी शर्मिला पराजुली ढकाल पनि म्यानपावर व्यवसायी नै भएको तथ्यहरुले पुष्टि गरेको छ ।
ओली सरकारले पनि उनलाई ओमनको राजदूतका लागि सिफारिस गरेको थियो । त्यसबेला उनी दुबईस्थित ‘बीएसडी ह्युमन रिसोर्स सोलुसन’, ‘रोयल डाइमन्ड रिक्रुटमेन्ट, एलएलसी’ नेपालको फ्लोरिडा ह्युमन रिसोर्स सोलुसन र बंगलादेशस्थित ग्रिनल्यान्ड ओभरसिजरट्ेरनिङ सेन्टरमा संलग्न थिइन । दुबई र बंगलादेशमा रहेका कम्पनीले कामदारको आपूर्तिसम्बन्धी काम गर्छन । पराजुलीले राजदूत सिफारिस भएलगत्तै आफूले सबै प्रकारका व्यवसायबाट हात झिकिसकेको पत्रकार सम्मेलन मार्फत नै बताएकि थिइन । उनले भनिन, ‘दुबईको कम्पनी पनि म्यानपावरसँग सम्बन्धित होइन । त्यो हाम्रो कन्सल्ट्यान्सी थियो । त्यो पनि हामीले बेचिसकेका छौं ।’ फ्लोरिडाविरुद्ध २४ उजुरी विभागमा छन् ।
उनले आफूलाई मलेसियाले डिपोर्ट नगरेको पनि बताइन् । उनले संचालन गरेको कन्सल््ट्यान्सीले पनि बैदेशिक रोजगार सम्बन्धी कामदार सप्लाई गर्ने संस्था भएको जानकारहरुको दावी छ ।
कोइराला पूर्वश्रम राज्य मन्त्री टेकबहादुर गुरुङमा खास मान्छे
सत्तारूढ कांग्रेसबाटै कतारको राजदूतमा सिफारिस गरिएका रमेश कोइराला पनि विवादित छन । उनी पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङका अत्यन्त निकट र विश्वासिला मान्छे हुन । गुरुङको व्यवसायमा पनि कोइराला जोडिएका छन् । गुरुङ आफैं हिमाल म्यानपावर इम्प्लोइमेन्ट सर्भिस ९लाइसेन्स नम्बर १०७र०५४र०५५० का सञ्चालक हुन ।
यो म्यानपावर कम्पनीले पोर्चुगलको कृषि क्षेत्रमा जाने कामदारसँग चरम आर्थिक शोषण गरेको पीडितको गुनासो छ । पोर्चुगल हेर्ने फ्रान्सस्थित नेपाली दूतावासले गुरुङको म्यानपावर कम्पनीबाट पोर्चुगलका लागि पाएको मागपत्र छानबिनमा राखेको थियो । त्यो फाइल स्वीकृत गराउन गुरुङ कोइरालालाई लिएर फ्रान्सस्थित नेपाली दूतावासमै पुगेका थिए । गुरुङ राज्यमन्त्री भएका बेला कोइराला उनका सल्लाहकार नियुक्त भएका थिए । गुरुङका दाइ पाल्तेन गुरुङ श्रम मन्त्री भएका बेला पनि कोइराला नै सल्लाहकार थिए ।
कतारको आकर्षक कम्पनीको भिसा ‘कामदारको मागपत्र’ हात पार्न गुरुङको सक्रियतामा कोइरालालाई राजदूत बनाएर पठाउन लागेको भन्दै कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । ‘कोइराला जानु भनेको गुरुङ गएसरह हो,’ उनीहरूका कामलाई निकै नजिकबाट नियालेका एक व्यवसायीले आक्रोस पोख्दै भने, ‘श्रममन्त्रीको सल्लाहकारको हैसियतमा कोइरालाले हामीसँगै डिल गर्थे । अंग्रेजी राम्रो भएकाले देश बाहिरका एजेन्टसँगको डिलमा उनै बस्थे ।’ वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार कतार फाउन्डेसनको व्यापार हात पार्न उनलाई पठाउन लागिएको हो । ‘गुरुङले कतार फाउन्डेसनमा आफ्नो म्यानपावर कम्पनीबाट मात्रै पठाउने नीति बनाउँदै थिए । त्यसमा कोइरालाले नै भूमिका खेलिरहेका थिए,’ ती व्यवसायीले भने, ‘राज्यमन्त्रीबाट हटेपछि त्यो खेल रोकियो ।’
गुरुङ श्रमराज्यमन्त्री भएका बेला उनैले मलेसियामा खोलेको ‘कोप्रसी’ कम्पनीको व्यापार हेर्न कोइराला बारम्बार गइराख्थे । मलेसियाले गैरकानुनी कामदारलाई आममाफी दिएर स्वदेश पठाउने बेला गुरुङले कोप्रसी खोलेका थिए । त्यसले दूतावाससँग मिलेर ट्राभल डकुमेन्ट जारी गर्ने र टिकट उपलब्ध गराउने गथ्र्यो । कम्पनीले एक जना कामदारसँग १३ सय रिंगेट लिएपछि ठगी भएको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ । मलेसियाको बायो मेडिकल लागू गर्नेदेखि कुवेतमा घरेलु कामदार खुलाउनेजस्ता विवादास्पद काममा गुरुङ सक्रिय भएका थिए । रोकिएको घरेलु कामदार खुलाउन कुवेतमा रहेका एजेन्टले ७० लाख रुपैयाँ संकलन गरेको प्रमाण त्यतिखेर सार्वजनिक नै भएको थियो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












