झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
भद्रपुर, १७ फागुन । नेपाल–भारत दशगजा क्षेत्रको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको नेतृत्वको समूहले सोमबार निरीक्षण एवम् अवलोकन ग¥यो ।
सो समूहमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, सीमा सुरक्षा कार्यालय, भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ, राष्ट्रिय अनुसन्धान कार्यालय, भद्रपुरका उपनिर्देशक कृष्ण खनाल, नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोल सहभागी हुनुन्थ्यो ।
निरीक्षणमा सहभागीले भद्रपुरस्थित १०१ नम्बरदेखि गौरीगन्जको १५१ नम्बरसम्मको सीमा स्तम्भ निरीक्षण अवलोकन गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए ।
नेपाल–भारत सीमा सर्भेक्षण कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र झापा जिल्लामा रहेका सीमा स्तम्भको मर्मत, हराएका स्तम्भको निर्माण तथा दशगजा क्षेत्रको अतिक्रमणसम्बन्धी विवरण सङ्कलन गर्ने कार्य विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
सोही कार्यक्रमको निरन्तरतास्वरुप बाँकी रहेका सीमा स्तम्भको मर्मत तथा निर्माण गर्ने कार्य यस वर्ष पनि सुरुवात भइसकेको छ । यसका लागि झापाको विर्तामोडमा गएको पुस ७ गते नेपाल–भारत सीमा सर्भेक्षणसम्बन्धी गठित फिल्ड सर्भे टिम (एफएसटी)को संयुक्त बैठक बसेको थियो ।
बैठकमा भारतका तर्फबाट सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा डिस्ट्रिक्ट मजिस्ट्रेटले नेतृत्व गर्नुभएको उक्त संयुक्त बैठकमा नेपालका तर्फबाट झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला वन कार्यालयका प्रमुख, नापी कार्यालय तथा भवन डिभिजन कार्यालयका प्रमुखको उपस्थिति थियो भने भारतका तर्फबाट किसनगन्ज, अररिया र सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकाय तथा वन कार्यालयका प्रमुखको उपस्थिति थियो ।
सोही बैठकको निर्णयबमोजिम हाल सीमा सर्भेक्षणका कार्य भइरहेको कुरा नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोलले बताउनुभयो ।
नेपाल–भारत सीमा सर्भेक्षणको सन्दर्भमा हालसम्म ६२ वटा हराएका स्तम्भको अवस्थितिको पहिचान भएर ४५ वटा नयाँ स्तम्भको निर्माण भइसकेको छ भने अन्य निर्माण हुने क्रम जारी छ ।
नापी विभागको टोलीले सीमा क्षेत्रका जीर्ण अवस्थाका ५५ वटा सीमा स्तम्भको मर्मत कार्य पनि सम्पन्न गरिसकेको छ भने अन्य नयाँ तथा जीर्ण स्तम्भको मर्मत गर्ने कार्य जारी रहेको नापी विभागका प्रमुख नापी अधिकृत डङ्गोलले बताउनुभयो ।
यसैगरी, सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा झापाका प्रमुख जिल्ला अधिकारी खत्रीले सीमा क्षेत्रमा रहेका केचना प्रहरी चौकीका प्रमुख र इलाका प्रहरी कार्यालय, गौरीगन्जका प्रमुखलाई निर्देशन दिँदै सीमा क्षेत्रमा हुने गतिविधिका बारेमा विस्तृत जानकारी लिनुभएको थियो ।
साथै, निरीक्षण एवम् अवलोकन पछि नापी विभागका प्रमुख नापी अधिकृत डङ्गोलले नेपाल–भारतको दशजगा क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा क्षेत्रको अतिक्रमणको नक्साङ्कन भइसकेको छ र यसबाट कति क्षेत्रफल अतिक्रमण भएको छ त्यसको विवरण केही समयपछि जानकारी दिने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...












