अस्पताल विकास समितिबाट छड्के अनुगमन
बझाङ, १७ फागुन । जिल्ला स्वास्थ्य कार्यालय बझाङ र ठेकेदारको लापर्बाहीले सम्झौता विपरीत म्याद गएको औषधिको टेन्डर गरेर औषधि ल्याएको अस्पताल विकास समितिका सदस्य लोकेन्द्रसिंह धामीले बताउनुभएको छ ।
नवनिर्वाचित अस्पताल विकास समितिले जिल्ला स्वास्थ्य कार्यालय माथि औषधि खरिद गर्दा शङ्का लागेपछि जिल्ला अस्पताल बझाङको स्टोरमा औषधिको अनुगमन गर्दा सम्झौता अनुसार औषधि नल्याई मनोमानी ढङ्गबाट १८ महिनासम्म मिति भएको औषधि खरिद गरेर ल्याउनुको साटो तीन महिना मात्र म्याद भएको औषधि टेन्डर गरेर ल्याएको अस्पताल विकास समितिका अध्यक्ष जगतबहादुर सिंहले बताउनुभएको छ ।
उहाँले भन्नुभयो २०७३ साल ८ महिना ३ गते टेन्डर गरेर ३५ लाखको औषधि खरिदको ठेक्का ड्रग सेन्टर धनगढीका प्रोपाइटर हेमन्तकुमार बस्नेतले पाएका थिए ।
नवनिर्वाचित अस्पताल विकास समितिले औषधि खरिद माथि शङ्का लाग्दा छड्के अनुगमन गर्दा जिल्ला स्वास्थ्य कार्यालय र ड्रग सेन्टर धनगढीबीच १८ महिना म्याद भएको औषधि खरिद गरेर ल्याउनुको साटो जिल्ला स्वास्थ्य कार्यालयकै मिलोमतोमा तीन महिनादेखि पाँच महिना म्याद भएको औषधि जिल्लामा भित्र्याउनुमा ठूलो पैसाको चलखेल भएको अध्यक्ष सिंहले बताउनुभएको छ ।
औषधिको बाहिरी कभरको मिति र भित्री औषधिमा राखेको मिति पनि फरकफरक हालेर प्याकिङ गरेको अनुगमन गर्दा भेटिएको छ । औषधि खरिदमा ठेकेदार र डाक्टरको मिलोमतोमा म्याद जान लागेको र म्याद गुजे्रको औषधि जिल्ला स्वास्थ्य कार्यालयमै भेटिँदा कति चलखेल भएको हो भन्ने स्पष्टै रहेको छ ।
जिल्लामा ४७ वटा स्वास्थ्य चौकी र १० वटा सेवा केन्द्र रहेका छन्, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीकै लापर्बाहीले विकट गाउँका हजाराँै जनता औषधिको पहँुचबाट टाढा बसिरहेका छन् ।
जिल्ला अस्पताल जस्तो संवेदनशील कार्यालयमा त यति ठूलो अनियमितता हँुदै आएको छ भने अन्य कार्यालयको अवस्था सहजै थाहा पाउन सकिन्छ । जिल्लाका सरोकारवाला निकायले भने अनुगमन गरे जस्तो गरेर खासै यसमा ध्यान नदिएको जनगुनासो रहेको छ ।
Comments
अरु समाचार
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...












