पत्रकार महासङ्घ उदयपुरमा खड्का
गाईघाट (उदयपुर), १७ फागुन । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको दशौँ जिल्ला अधिवेशनबाट सोमबार भएको निर्वाचनमा भरत खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्वाचित भएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टरको सामूहिक गठबन्धन तथा अर्कोतिर प्रेस युनियनसहित साना अन्य पत्रकार समूहको कार्यगत एकता भएर भएको निर्वाचनमा चौतारी र सेन्टरको तर्फबाट भरत खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो भने खड्काले युनियनका भक्तिविलास पोखरेललाई ३० मतको विरुद्ध ४० मतले पराजित गर्नु भएको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेस सेन्टर र चौतारी प्यानलका भोटराज राई निर्वाचित हुनुभएको छ भने समावेशी उपाध्यक्षमा बबिता परियार निर्विरोध निर्वाचित हुनुभएको छ ।
सचिवमा युनियनका तर्फबाट पर्शुराम थापा, सहसचिवमा चौतारी गठबन्धनबाट बिदुर कटुवाल र गजेन्द्र राई निर्वाचित भएका छन् ।
यस्तै, कोषाध्यक्षमा युनियनका तर्फबाट विश्वराज तामाङ निर्वाचित भएका छन् ।
अन्य सदस्यमा सुपराज राई, हरि ढकाल, ईश्वर बलाम्पाकी मगर, जीवनाथ दाहाल, सुमित्रा कोइराला निर्वाचित भएको निर्वाचन समितिका अध्यक्ष बद्री काफ्लेले बताउनुभयो ।
यस्तै, दशौँ अधिवेशनबाट प्रदेश पार्षद्मा बाबुराम भण्डारी, लिलाप्रसाद निरौला, केदार थापा, रुपा राई, टेकराज रिखाम मगर, रवीन्द्र चौधरी, ईश्वर तामाङ, विज्ञान पराजुली, विकास बस्नेत निर्वाचित भएका छन् ।
केन्द्रीय पार्षद्मा हरिकुमार राई, कौशल चेमजोङ, कुशलबाबु बस्नेत, यदु ढकाल, अप्सरा समाल मगर, श्याम राई, नवीन राई र सुजाता ढुङ्गाना निर्वाचित भएका छन् ।
हरि, कौशल, कुशल, यदु, अप्सरा, सुजाता, चौतारी र सेन्टरबाट निर्वाचित भएका हुन् भने नवीन र श्याम युनियनबाट निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य धनकुमार श्रेष्ठले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












